[sc_embed_player fileurl=”https://www.ebaglung.com/wp-content/uploads/2019/09/nijamati.mp4″]
बागलुङ २०७६ भदौ २१ । निजामती सेवा दिवस २०७६ को अवसरमा शनिवार विहान बागलुङ नगरपालिका १ खुँदुर्के (मालढुंगा) मा आयोजित नि:शुल्क स्वास्थ्य शिविरको निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीद्वारा स्थानीय निवासी ८० वर्षिय जेष्ठ नागरिक छविलाल पौडेललाई पुर्जा (टिकट) दिएर शुभारम्भ गरिएको छ ।
निजामती सेवा दिवस मुलसमारोह समितको आयोजना, स्वास्थ्य कार्यालय, धौलागिरी अस्पताल तथा बागलुङ नगरपालिकाको सहआयोजनामा सन्चालित नि:शुल्क स्वास्थ्य शिविरमा धौलागिरी अस्पतालका निमित्त सिमेअ डा प्रविणा राजभण्डारीको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रवाह गरेको छ । शिविरमा विभिन्न रोगहरुको चेकजाँचका साथै रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरेले ईबागलुङलाई जानकारी दिए ।
शिविरमा आएका सेवाग्राहीहरुको स्वास्थ्य परीक्षणका साथै डेंगु रोगबारे जनचेतनाका लागी पर्चाहरु वितरण गरिएको छ ।
शिविरमा धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगर, बागलुङ नगरपालिका १ का वडाध्यक्ष दुर्गा बोहोरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराई, सहन्यायाधिवक्त गोपिचन्द्र भण्डारी, शिक्षा विकास समन्वय समितिका प्रमुख कुस्मराज उपाध्याय लगायतको समुपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।