बागलुङ, २०७६ भदौ २२ । वडीगाड गा.पा. वडा नं. ७ भिमगिठेमा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र बागलुङ बजारमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. एकआपासमा एकीकरण हुने भएका छन् ।
पछिल्लो समयमा नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा अत्यन्तै धैरै भईरहेकाले देशभर एकीकरणको लहर चलीरहेको छ । सोही अनुसार शनिवार सम्पन्न स्वाभीमान साकोसको ९ औं वार्षिक साधारण सभाले संस्थालाई सिवाईसीसंग एकीकरण गर्ने प्रस्ताव सर्वसम्मतीले पारीत गरेको हो ।
एकीकरण पश्चात यस पूर्व स्वाभिमान साकोस रहेको स्थानमा सिवाईसी साकोसको सेवा केन्द्र स्थापना गरी स्थानीय स्तरबाटै प्रभावकारी सेवा सञ्चालन गर्ने सिवईसीसंग सहमती भएको संस्थाले जनाएको छ ।
संस्थाको नवौं वार्षिक साधारण सभालाई नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले उद्घाटन गर्दै नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा अत्याधिक भएकाले एकीकरणको विकल्प नरहेको बताए । अवको समयमा स–साना र धैरै संस्थाहरुले सदस्यहरुको आवश्यकता अनुसारमा सेवा सुविधाहरु प्रदान गर्न असम्भव रहेको बताउदै पौडेलले एकीकरण मार्फत सदस्यहरुलाई सन्तुष्ट बनाउन सक्ने सहकारी संस्था निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
कार्यक्रममा वडीगाड गा.पा. वडा नं. ९ का वडा अध्यक्ष कृष्ण के.सी, संस्थाका संस्थापक अध्यक्ष जीतवहादुर थापा, वडिगाड गा.पा. वडा नं. ७ का वडा सदस्य दिपेन्द्र के.सी, शिक्षा उपसििमति संयोजक कृष्ण भट्टराई लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष नरवहादुर के.सी. अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सचिव दिपक रायमाझिद्धारा प्रस्तुत प्रगती प्रतीवेदन र कोषाध्यक्ष रीता के.सीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतीबाट पारीत भएको छ । कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष कमलवहादुर अधिकारी र सञ्चालन सचिव रायमाझीले गरेका थिए ।