Sorry, that menu does not exist.
 

जीवन सार्थक,सुखी बनाई समाजिक सदभाव कायम गर्न श्रीमद्भागवत गीता ज्ञान महत्वपूर्ण : स्वामी सरस्वती

कोपीला कंडेल, बागलुङ २०७६ भदौ २४ । राधाकृष्ण सेवा समिति बागलुङ्गले आयोजना गरेको पाच दिने श्रीमद भागवत गीता प्रवचन मंगलबार सम्पन्न भएको छ । सनातन बैदिक धर्मको प्रचार प्रसार र धर्म संस्कृति र परम्पराको रक्षाको लागि गीता प्रवचन संचालन गरिएको राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक एबं हरिहर सन्यास आश्रम देबघाटका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताए । जीवनलाई सार्थक सुखी बनाई समाजिक सदभाव कायम गर्नकालागि श्रीमद भागवत गीता ज्ञान महत्वपुर्ण बन्ने उनले बताए ।

पाच दिन सम्म सन्चालितत कार्यक्रममा स्वामी सरस्वतीले श्रीमद भागवत गीताको व्दीतिय अध्यायमा उल्लेखित बिषय बस्तुबारे प्रवचन दिएका थिए । कार्यक्रममा बजारबासीको उल्लेखनीय सहभागिता रहेको थिए ।

यसैबिच श्री राधाकृष्ण मन्दिर सेवा समिति बागलुङको छैठो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी एबं सदस्यहरुको मंगलबार पदस्थापन गरिएको छ । अधिवेशनको राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक एंवम श्री हरीहर सन्यास आश्रम देबघाटका अध्यक्ष स्वामी सरस्वतीले प्रमाण पत्र प्रदान गरेर पदभार ग्रहण गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !