Sorry, that menu does not exist.
 

आजको तस्वीर : ताराखोलाका मगर समुदायको सिस्नो खोस्ने मेला !

शव्द/चित्र : बलबहादुर घर्ती/खगेन्द्र विश्वकर्मा

ताराखोला २०७६ भदौ २५ । बागलुङ जिल्लाको ताराखोला स्थानीय सँस्कृतिको लागि निकै धनी मानिन्छ । ताराखोलामा बसोबास गर्ने मगर समुदायले वर्ष भरी अन्य भागहरुमा बिरलै पाईने र मनाईने कुनै न कुनै परम्परा, संस्कार, सँस्कृति झल्किने मेला पर्वहरु मनाई रहेका हुन्छन् । त्यसमध्य प्रत्यक दुई वर्षमा तीन दिन सम्म मनाईने (लाग्ने) सिस्नो खोस्ने भदौरे पर्व (मेला) विशेष मानिन्छ, जुन हिँजो सम्पन्न भएको छ ।

अबिबाहित युवा युवती सिस्नो तानातान गर्दै
यस पर्वका धेरै पाटाहरु छन् । पर्व नजिक आउदै गर्दा मेला लाग्ने स्थानको चार किल्ला भित्र स्थानीय बुढापाका, युवा युवतीहरुले सरसफाई गर्ने प्रचलन रहेको छ । यसै पर्वमा स्थानीय मगर समुदायले आफ्ना पृति, देव देवता, सिमे भूमेलाई पूजागर्ने, अन्नपात चढाउने गर्छन । यसावधिमा स्थानीय मगरसमुदायले मन्त्रोत्चारण सहित झाँक्रीहरु ढ्यांग्रो, झ्याली आदि स्थानीय बाजाहरु बजाउने र खुसीखुसी यानीमायँ गीत गाउदै नाँचगान गर्ने, रमाईलो गर्ने प्रचलन रहि आएको छ । यस मेलाको महत्वपूर्ण पक्ष भनेको अबिबाहित युवा युवतीले सिस्नो तानातान गर्ने परम्परा हो । जीउदै सुगुर चढाएर पूजा गर्ने यस मेलाको अर्को पक्ष रहेको छ । सुँगुरको सपेटा काटी सिस्नोमा बाँधेर युवायुवतीहरु तनातान गर्दै परिक्रमा गर्छन् । अचम्म त के भने यसरी सिस्नो तानातान गर्दा उनिहरु भन्छन हामीलाई सिस्नोले पोल्दैन । सिङ फुर्ने स्थान मुखियाको घरमा सिस्नो तानातान गर्ने मेला हेर्न स्थानीयको भीड लाग्छ ।

जीउदै सुगुर चढाएर पूजा गर्दै
जिल्लामै विशेष प्रकारको स्थानीय मगर समुदायको यस ऐतिहासिक एवं साँकृतिक महत्व बोकेको सिस्नो खोस्ने परम्परागत पर्वलाई जगेर्ना गर्न बुढापाकाहरुको अनुभव लिएर युवा पीढी विशेष सजग र सक्रिय रहनु जरुरी छ ।

ढ्यांग्रो, झ्याली आदि स्थानीय बाजा बजाएर नाँच्दै/गाउँदै।


यानीमायाँ भाकामा दोहोरी गीत गाउँदै स्थानीय महिला/पुरुषहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !