प्रेम सुनार, गुल्मी २०७६ भदौं २५ । ‘गाउँँको सेवा गर्ने खास डाक्टर तपाईहरु (सिएमएहरु) नै हो’– गुल्मीको जिल्ला अस्पताल तम्घासका डाक्टर विपिन खनालले भने–‘पछिल्लो चरण हामी डाक्टरहरु पनि थपिएका छौं, पहिलो डाक्टर तपाईहरु नै भएकोले विरामीको सेवामा लागिरहनु होला ।’
डाक्टर खनालले बुधवार सिएमए संघ गुल्मीको १६ औं स्थापना दिवसको अवसरमा तम्घास अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा स्वास्थ्य सम्वन्धि जनचेतामुलक कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
प्रमुख अतिथी डाक्टर खनाललेका अलवा बिशेष अतिथी नेपाल नेत्रज्योति संघका सभापति एवं तम्घास टेक्निकल ईन्सिच्युटका अध्यक्ष शेरबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सिएमएहरुका सह्रायिन भुमिका रहेको बताए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत खिलबहादुर ज्ञवाली , डाक्टर विशाल पन्थी नेपाल स्वास्थ्यकर्मी चौथोतह गुल्मीका अध्यक्ष रामकृष्ण कँडेल
संघले त्यस असपतालका विरामीहरुलाई फलफुल वितरण गर्दै स्वास्थ्य अवस्था बुझेको थियो । संघका जिल्ला अध्यक्ष होम पल्लीको अध्यक्षतामा सम्पनन कार्यक्रममा भागिरथ पाण्डेको सञ्चालन रहेको थियो ।
One Comment