बागलुङ कुस्मिसेरा २०७६ भदौ २६ । जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा रहेको आदर्श सेवा समाजले प्रथम “आदर्श डान्स आईडल” गर्ने भएको छ । सेवा समाजले एक सुचना जारी गर्दै तेश्रो बार्षिक उत्सब तथा वडा दशैँको अबसर पारेर पहिलो पटक “आदर्श डान्स आईडल” गर्न लागेको क्लबका अध्यक्ष केशबराज शर्माले बताए ।
गाँउमा लुकेर रहेका प्रतिभालाई लुकाई राख्न नदिनका निमित्त डान्स आईडलको आयोजना गरिएको हो । गाँउमा रहेका प्रतिबाहरुले कुनै पनि स्थान नपाए पछि आदर्श सेवा समाजले यस्तो खालको कार्यक्रकमको आयोजना गरेको होे । सेवा समाजले हिन्दु नेपालीको महान पर्व बडा दशैको अबसरमा प्रत्यक बर्ष कार्यक्रम गर्दै आएको छ । बिगतका बर्षमा भन्दा फरक पन दिने उद्देश्यले यस पटक डान्स आईडल कार्यक्रम थपेको कार्यक्रमका अर्थिक संयोजक प्रकाश पौडेलले बताए ।
सेवा समाजले आँफ्नो तेश्रो बर्षिक उत्सबको अबसर पारेर साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नितृय प्रतियोगिता साथै बिभिन्न सांस्कृतीक कार्यक्रम गर्ने कार्यक्रमका आर्थिक समिति संयोजक पौडेलको भनाई छ । आदर्श सेवा समाजले यस बर्षको कार्यक्रममा भने “आदर्श डान्स आईडल” लाई मूख्य प्राथमिक्ता दिएको छ । डान्स आईडलमा बिजेता तथा उपबिजेतालाई क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र दिने सेवा समाजका अध्यक्ष शर्माले बताए ।
त्यस्तै पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने प्रतियोगि समुहलाई नगद ५२ हजार २ सय ५२ रुपैया,दित्तिय हुने समुहलाई २७ हजार ७ सय २७, तितृय हुले समुहलाई १५ हजार ५ सय १५ र सान्तवना हुने समुहलाई १० हजार १ सय १० रुपैया नगद सहित ट्रफी मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ ।
ऋादर्श सेवा समाजले जेष्ठ नागरिक सम्मान सहित आयोजना गरेको सांस्कृतिक कार्यत्रममा राष्ट्रिय लोक दोहोरी गाएक बसन्त थापा, रीना केसी तथा स्थानीय कलाकारहरु विष्णु परियार र राजकुमार राना लगाएतको प्रस्तुती रहने कार्यक्रम संयोजक गोबिन्द थापाले जानकारी दिए । सेवा समाजले असोज ३ गते देखि सुरु गर्ने कार्यक्रम असोज १७ गते समापन गर्ने छ ।