लालचन्द्र राजभण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन !
कोपीला कंडेल बागलुङ २०७६ भदौ २७ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले ज्येष्ठ नागरिकको हकहित सम्बन्धी बनेका कानुनहरुको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउदै नेपालको संबिधानले ज्येष्ठ नागरिकको अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेपनि व्यवहारमा पुर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी क्षेत्रीले ज्येष्ठ नागरिक सघं बागलुङको तेस्रो साधारणसभा तथा अधिवेशनको उद्रघाटन गर्दै यस्तो बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी क्षेत्रीले कानुनमा उल्लेखित ज्येष्ठ नागरिकका अधिकार प्रति राज्य लगायत सबै सरोकारवाला संबेदनशील बन्नु पर्ने बताउदै ज्येष्ठ नागरिक राज्यका अमुल्य निधी भएको बताए । उनले बिभिन्न सघर्ष र अनुभवबाट खारिएका ज्येष्ठ नागरिकबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।
सो अवसरमा समाजसेवी एबं ज्येष्ठ नागरिक सघंका सल्लाहकार देब बहादुर श्रेष्ठ र अर्का सल्लाहकार कविन्द्र प्रसाद साप्कोटाले पछिल्लो समय आफ्ना सन्ततीहरुले आफ्नो कर्तव्य र जिम्मेवारलाई कुल्चदै आएकाले ज्येष्ठ नागरिकको अवस्था दययिी बन्दै गएको बताए । सो अवसरमा सघंको प्रगति प्रतिबेदन संस्थाका सचिव हरि प्रसाद उपाध्यायले प्रस्तुत गरेका थिए ।
अधिवेशनले लालचन्द्र राजभण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिरञ्जीवी श्रेष्ठ सचिव हरी सुबेदी र कोषाध्यक्ष टेग नारायण शर्मा रहेका छन । त्यसैगरी समितिका सदस्यहरुमा कृष्णलाल राजभण्डारी भिमसेन प्रसाद श्रेष्ठ, महेन्द्रसिहं रायमाझी गोपाल बहादुर खड्का कपुरजंग राजभण्डारी बिष्णु देबी राजभण्डारी र रत्नादेबी बज्राचार्य रहेका छन ।
कार्यक्रम ज्येष्ठ नागरिक सघं बागलुङ्गका अध्यक्ष काजि रोशनको अध्यक्षता, उपाध्यक्ष रमेश कुमार राजभण्डारीको स्वागत मन्तब्य र सचिव हरि प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।
One Comment