Sorry, that menu does not exist.
 

भाषा, कला र लिपीको संरक्षण गर्ने दायित्व राज्यको हो – अध्यक्ष पाईजा

कमल पौडेल, खर्वाङ २०७६ भदौ २८ । नेपाल कुमाल समाज समिति बडीगाड २ को दोश्रो अधिवेशन सिमलचौर नेटामा अध्यक्ष मेहरसिंह पाईजाले उद्घाटन गरेका छन् । आफ्नो उद्घाटन भाषणमा अध्यक्ष पाईजाले भाषा, कला र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

अध्यक्ष पाइजाले पहिचान नै अस्तित्व भएको भन्दै पहिचान स्थापित गर्नुपर्ने बताए । कुमाल भाषा, लिपि र संस्कृति संरक्षण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने घोषणा गर्दै अध्यक्ष पाइजाले समतामुलक समाज निर्माणमा सवैको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल कुमाल समाजको केन्द्रिय सदस्य झलक थापा कुमाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य सुनिल शेरचन, जिल्ला उपाध्यक्ष ढालेन्द्र शेरचन, गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर श्रीस, बडीगाड वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेपाल कुमाल समाज गुल्मीका अध्यक्ष टेक बहादुर कुमाल, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, वडा सदस्य गोम बहादुर राना कुमाल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अधिवेशनले कमला राना कुमालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा रुद्र बहादुर राना, सचिवमा शोभा राना, सहसचिवमा निरु राना, कोषाध्यक्षमा मना राना लगाएत रहेका छन् ।

त्यस्तै झलक कुमालको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरेको छ। जसको सदस्यमा गोम बहादुर कुमाल र केशव कुमाल रहेका छन् ।

सो कार्यक्रममा लोपोन्मुख हेम्फै नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम रुद्र बहादुर रानाको अध्यक्षता, श्याम रानाको स्वागत मन्तव्य तथा देउमाया रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै गल्कोट नगरपालिका वडा नं. ११ मा भएको कुमाल समाज समितिको अधिवेशनले बावुराम राना कुमालको संयोजकत्वमा ९ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्षमा तिल कुमारी राना कुमाल, सचिवमा राम बहादुर राना कुमाल, कोषाध्यक्षमा अनिता राना कुमाल लगाएत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !