रनिश रानामगर बागलुङ २०७६ भदौ २९ । जनसेवा युवा क्लब पालाले हरितालिका तीजको अवसरमा आयोजित तीज उत्सव २०७६ को आय व्यय आईतबार सार्वजनिक गरेको छ। क्लबका कोषाध्यक्ष रविलाल थापाले प्रस्तुत गरेको आयव्यय प्रतिवेदनमा तीज मेला सम्पन्न गर्न रु ४ लाख ४३ हजार खर्च भएको छ भने आर्थिक सहयोग तथा भलिबल तथा नृत्यको दर्ता शुल्क बाट रु ५ लाख ५० हजार रकम आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।
क्लबका निवर्तमान अध्यक्ष रन बहादुर थापाको विशेष उपस्थिति रहेको कार्यक्रममा तीज उत्सव कार्यक्रमको समिक्षा तथा भावी कार्ययोजना ,विगत र हालको क्लबको कार्यदिशा बिषयमा बिबिध छलफलका साथै तीज उत्सवलाई सफल पार्न आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण मनहरुलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । तीजी कार्यक्रममा मात्र सीमित नरहेर क्लबको क्षेत्र विस्तार गरि रचनात्मक तथा सामाजिक उदेश्य मुलक कार्यक्रम गर्नु पर्नेमा सहभागीको जोड थियो।
आजको आयव्यय सार्वजनिक कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मनिराज रोकाले गरेका थिए भने स्वागत क्लबका उपाध्यक्ष रिता थापा र सन्चालन सचिव दिल रानाले गरेका थिए।