बागलुङ २०७६ भदौ ३० । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङकोे अध्यक्ष पदमा चण्डी प्रसाद शर्माको निरन्तरता निश्चित भएको छ । अध्यक्ष शर्माका बिरुद्ध उमेदवारी दिने कृष्ण शर्मा अग्रता ताजा तरकारी सहकारी संस्थाको सचिव पदमा रहेको भनि निर्वाचन समितिले उनको उमेदवारी रद्द गरेपछी अध्यक्ष शर्माको जीत सुनिश्चित बनेको हो । अध्यक्ष शर्माको उमेदवारी बिरुद्ध परेको उजुरीले काम गरेन । शर्मा नेपाल बचत तथा ऋण महासंघ (नेप्सुन) को केन्द्रिय सदस्य पदमा रहेकाले उनको उमेदवारी रद्द हुनुपर्ने दावी गरिएको थियो । संस्थाको एक कार्यकारी पद दिए शर्मालाई अध्यक्ष पदमा निरन्तरता दिने उनका बिरोधीहरुको मनसुवाले साकार रुप लिन नपाएको सिवाईसी बृत्तमा चर्चा छ ।
उमेदवारको अन्तिम नामावली भदौ ३१ गते दिनको ३ बजे सम्ममा प्रकाशित गर्ने निर्वाचन तालिका भएकोले अध्यक्ष शर्मा लगायत निर्विरोध हुने अन्य पदाधिकारी एवं सदस्यहरुको विधिवत घोषणा भदौ ३१ गते ३ बजे पछीमात्र हुने बुझिएको छ ।
सीवाईसी बचत तथा ऋण सहकारी संस्था लि मा अध्यक्ष शर्माको प्रचण्ड बहुमत रहेकाले निर्वाचन भएपनि उनको विजय सुुनिश्चित नै थियो, संस्थाको एक सदस्यले ईबागलुङलाई भने, संंस्थाको साधारण सभा र अधिवेशन नै नगरी अधिवेशन सम्पन्न भएको पुस्तिका निकालेर संस्थालाई नेतृत्व प्रदान गर्दै आएका अध्यक्ष शर्मा बागलुङ जिल्लामा सहकारीका अग्रदूत मानिन्छन् ।
7 Comments