सुमन सुनार, बुर्तिबाङ २०७६ भदौ ३१ । ढोरपाटन नगरपालिकाले आगामी असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने भएको छ । नगर प्रमुख देव कुमार नेपाली सहित नगर कार्यपालिका कार्यालयका कर्मचारी, अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको संयूक्त बैठकले दिवस मनाउने निर्णय गरेको हो ।
दिवसलाई भव्य रुपमा मनाउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए ।
दिवसका अवसरमा असोज २ गते सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागीतामा बजार सरसफाई, ३ गतेका दिन राष्ट्रिय झण्डा सहित विभिन्न नारा लेखिएका प्लेकार्ड सहित ¥यालीले नगर परिक्रमा गरी बसपार्कमा आएर कोण सभा गरिनेछ भने सोही अवसरमा विभिन्न कला संस्कृति झल्कने खालका साँस्कृतिक प्रस्तुती समेत रहने उनले बताए । त्यसैगरी ४ गतेका दिन उत्तरगंगा माध्यमिक विद्यालय परिसरमा बृक्षरोपन गरिनेछ । यस्तै दिवसका अवसरमा २, ३ र ४ गते नगरबासीलाई घरघरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दिपावली गर्नका लागि आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत पोखरेलको भनाई छ ।
कार्यक्रममा विभिन्न तहका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने नगर कार्यपालिका कार्यालयका प्रशासकीय अधिकृत विष्णुदेवी कँडेलले बताउदै कार्यक्रमलाई प्रभावकारी र व्यवस्थीत तवरले सञ्चालन गर्नका लागि तयारी तिब्र पारिएको जानकारी दिईन् ।