Sorry, that menu does not exist.
 

नेरा त्रिभुवन माविमा प्राविधिक कृषि शिक्षाको प्रचुर संम्भावना छ – नगरप्रमुख सापकोटा

कौरव खत्री, गुल्मी २०७६ असोज २ । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट देउराली गुल्मीमा निर्माणधिन भवनको विहिवार शिलन्यास गरिएको छ ।

निर्माणधिन भवनको शिलन्यास गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिकाको थामडाँडादेखि हलगाडेसम्मको विचमा प्राविधिक कृषि शिक्षाको प्रचुर संम्भावना रहेको बताए ।।

नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट देउराली गुल्मीमा बिहिवार जापानिज दुतवासको सहयोगमा निर्माणधिन ४ कोठे पक्की भवनको शिलन्यास गदै नगरप्रमुख सापकोटाले यस्तो बताएका हुन ।

साथै नगरप्रमुख सापकोटाले विद्यालयले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासमा निकै फड्को मार्न सफल भएकाले अव विद्यालय पनि सार्वजनिक सम्पत्ति भएकोले यसमा सबैको सहयोग रहनु पर्ने बताए विद्यालयले पूर्वधारको विकासँगै शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।

साथै नगरप्रमुख सापकोटाले विद्यालयका यस बर्षमा प्रावि र माध्यमिक तहमा गरि २ शिक्षक दरबन्दी उपलब्ध गराउने प्रतिबद्धता जनाउदै विद्यालयले सोचेको प्राविधिक कृषि शिक्षालाई अगाडी बढाउनका लागि आवश्यक भौतिक पूर्वाधार बलियो बनाउदै प्राविधिक कृषि शिक्षालाई अगाडी बढाउनु पर्ने भन्दै लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउदै उनले जाइकाले दिएको सहयोग यो ठूलो अवसर भएको जापानिज दुतवासलाई धन्यवाद दिए ।
साथै नगरप्रमुख सापकोटाले नगरपालिकाले खानेपानी,स्वास्थ्य,मोटरवाटो,विजुली लगायतका विकास निर्माणले गति लिदै गएको बताए ।

सोही भवनको शिलन्यासका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा मुसिकोट नगर अध्यक्ष खुम बहादुर थापा, मुसिकोट नगरपालिका वडा नं. ३का वडाअध्यक्ष कर्णध्वज जिसी,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीका पूर्व प्रधानाध्यापक तेज बहादुर महत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा मुसिकोट नगरपालिका २ का वडाअध्यक्ष लक्ष्मण खत्री,सोही नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ओम बहादुर खत्री, मुसिकोट नगरपालिका कार्यपालिका सदस्य गोविन्द्र नेपाली,वडा सदस्य धुव्र पछाई, वडा सदस्य कोपिला घिमिरे,नेपाली काँग्रेस मुसिकोट नगरपालिका २ का वडा सभापति रामचन्द्र घिमिरे,नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाका नि बर्तमान अध्यक्ष राम बहादुर थापा,मुसिकोट नगरपालिकाका स्वास्थ्य इन्चार्ज ढाल बहादुर जिसी,खस्थोक माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट अमराईका प्रधानाध्यापक कृष्ण बहादुर सूर्यबशी, जनजागृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौराका प्रधानाध्यापक रामप्रसाद आचार्य,सिद्ध प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट धुसेनीका प्रधानाध्यापक बिष्णु पोखरेल लगायत स्थानीय समाजसेवी महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट देउराली गुल्मीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद आचार्यको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा विद्यालयका शिक्षक रामप्रसाद आचार्यको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीका प्रधानाध्यापक सुरेन्द्र नेपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !