Sorry, that menu does not exist.
 

जनताको बलिदानी सघर्षबाट बनेकोे संबिधानलाई सफल बनाउन पूर्व राज्यमन्त्री खड्काको आग्रह !

कोपीला कंडेल,बागलुङ २०७६ असोज ३ । संबिधान जारी भएको आज चौथो बर्ष पुरा भएको छ । चौथो संबिधान दिवस बागलुङमा बिबिध कार्यक्रम साथ मनाईएको छ । संबिधान दिवस मुल समारोह समिति सहित जिल्ला स्थित संबिधान सम्बद्ध सरोकारवालाले र्याली तथा मुल समारोह गरी दिवस मनाएका हुन । समीक्षालय चोकबााट निस्केको र्यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी राधाकृष्ण मन्दिरको सभाहलमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।

मुल समारोहको उद्घाटन गर्दै पूर्व राज्यमन्त्री चम्पा देबी खड््काले संबिधानमा उल्लेख भएका कुराहरुलाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताईन् । खड्काले जनताको बलिदानी सघर्ष र अथक प्रयासबाट बनेकोे संबिधानलाई सफल बनाउनका लािग सबै ईमान्दार पुर्वक लाग्नुपर्नेमा जोड दिईन् । सिंहादरबारको अधिकार गाउंगाउंमा ल्याउने भनेर संबिधान जारी गरियो, पूुर्व राज्यमन्त्री खड्काले संविधान जारी भईसकेपछि कार्यान्वयनका चरणमा भएका त्रुटीहरुलाई सच्चाएर अगाडी बढ्नु पर्ने बताईन । उनले संबिधानको मर्म अनुरुप आम जनता सुखी र सम्मृद्ध बन्नुपर्नेमा जोड दिईन ।

सो अवसरमा बोल्ने बक्ताले अहिलेको संविधान नेपाली जनताको त्याग र बलिदान बाट आएकोले संस्थागत बनाउन सबैले भुमिका खेल्नुपर्ने बताएका थिए । बक्ताले वर्र्तमान संबिधान मुलुककै नमुना संबिधान भएको भन्दै हरेक संरचनामा केही सामन्ती अवशेषले जरा गाडेकाले भ्रष्टार र अनियमितताको पुर्ण अन्त्य गर्न नसकेको स्विकार गरे ।

कार्यक्रममा संबिधान सभाका पूर्व सांसद नर बहादुर थापा प्रकाश पौडेल प्रदेश सभाका सांसद ईन्द्रलाल साप्कोटा कोपीला बोहोरा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री नेपाली कांग्रेका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का कृष्ण पाठक , राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा रा.प्र.पा का बिष्णु प्रसाद साप्कोटा, राप्रपा संयुक्तका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ थापा मालेका मन्जु क्षेत्री नेपाल बार एशोसिएशन उच्च अदालत पोखरा इजलासका अध्यक्ष हरिप्रसाद शर्मा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठ अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एंवम अधिबक्ता ममता देवी शर्मा र नेपाल पत्रकार महासंघ बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरीष लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संविधान दिवस मुल समारोह समितिका संयोजक राजेन्द्र ढुङ्गानाको अध्यक्षता जिल्ला समन्वय समितिका सह संयोजक बिष्णु भुसालकोे स्वागत मन्तब्य र दुर्गा प्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !