Sorry, that menu does not exist.
 

अहिले देश प्रधानमन्त्री केपी ओलीको मु्ठ्ठीमा चलेको छ !
विधिको शासनलाई कार्यान्वयन गर्नका लागि काँग्रेसले जागरण अभियान संचालन गरेको हो – शेरचन !

बागलुङ २०७६ असोज ३ । संविधान दिवसको अवसरमा सदरमुकाम बागलुङ बजारमा आयोजित कानुनी सचेतना तथा अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकाशं सहभागीले अहिलेको सरकार विधि भन्दा पनि व्यक्ति निहितमा चलेको बताएका छन । उनिहरुले अहिलेको सरकारले मुलुकका हरेक कानुनलाई एउटा मुठिमा ल्याएर विधिको शासनलाई लाद्न खोजेको आरोप लगाएका छन । देश प्रधानमन्त्री केपी ओलीको मु्ठ्ठीमा चलेको छ सहभागीले भने, केपी वली कानुन मिचेर जे पनि गर्न तयार रहेका छन, मुलुकमा संविधान लागु भयो तर कार्यान्वयमा कठिनाई सरकार र नेतृत्वमा रहेका व्यक्तिले गराएका छन ।’

नेपाल महिला संघको नेतृत्वमा काँग्रेसका विभिन्न आठ भातृ एवं शुभेच्छुक संस्थाहरुको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले काँग्रेसको पालामा मुलुकमा संविधान लागु भए पनि कम्युनिष्टहरुले यसलाई सफल कार्यान्वयमा कठिनाई पारेको आरोप लगाईन । उनले प्रजातन्त्रको मेरुदण्ड भनेकै विधिको शासन भएको कारण त्यही विधिको शासनलाई कार्यान्वय गर्नका लागि काँग्रेसले जागरण अभियान संचालन गरेको बताईन । शेरचनाले सरकारले कानुनलाई केन्द्रिकृत गरेर आफु नै फ्लापमा पर्न खोजेको आरोप लगाईन । उनले संविधान राम्रो भएर मात्र नहुने यसलाई कार्यान्वयनको पक्ष पनि महत्वपुर्ण भएको बताईन ।

कार्यक्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधि नवराज गुरुङले काँग्रेसको नेतृत्वमा ल्याएको संविधान भएका कारण कम्युनिष्टहरु कार्यान्वयमा केही समस्या औलाउँदै गएको बताए । उनले नेपालको संविधान दक्षिण एसियाकै नमुना भएको र यसको कार्यान्वयनका लागि काँग्रेस निरन्तर प्रयासरत रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, निवर्तमान पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पुर्व राज्य मन्त्री चम्पादेवी खड्का, गण्डकी प्रदेश सभा सदस्य कोपिला बोहोरा, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रिय सदस्य दुर्गादत्त आचार्य बागलुङ नगरका नगरसभापति महेन्द्र आचार्य नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती अचार्य, नेविसंघका निवर्तमान सह–महामन्त्री हरिहर शर्मा, डिलए बागलुङका अध्यक्ष भुमिश्वर गौतम लगायतले बोलेका थिए । कार्यक्रममा उच्च अदालत बागलुङ बार एशोसियसनका पुर्व अध्यक्ष निरञ्जललाल राजभण्डारीले कार्यपत्र प्रस्तुत, र प्रजातबादी विचार समाजका गोविन्द्र प्रसाद शर्मा कंडेलले विषय बस्तुमाथि प्रकाश पारेका थिए ।

अन्तर संवादमा विभिन्न भातृ एवं सुवेक्षुक संस्थाका प्रतिनिधिले आफ्नो धारण राखेका थिए । कार्यक्रम नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमकान्त पौडेलको स्वागत र टेड्र युनियन काँग्रेसका अध्यक्ष ईश्वर ठाकुर पौडेलको संचालनमा सपन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !