बागलुङ २०७६ असोज ४ । बागलुङ नगरपालिका ३ र ७ वडाहरुमा डेंगु रोगका साथै सरसफाई, स्वास्थ्य र खानपिनका बारेमा जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
मुलपानी टोल विकास संस्थाको अयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी धौलागिरी अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले डेंगु रोगको परिचय, यसको लक्षण तथा उपायका बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमका विशिष्ठ अतिथी जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले स्वास्थ्य, सरसफाई एवं स्वस्थकर खानपिनका विषयमा चर्चा गर्दै डेंगु रोग बिरुद्ध स्वास्थ्य कार्यालयबाट सन्चालित कार्यक्रमहरुमा बारे जानकारी दिएका थिए ।
सोही अवसरमा बागलुङ नगरपालिकका स्वास्थ्य प्रमुख सोमराज पाण्डेले नगरपालिकाले सन्चालन गरेका कार्यक्रमहरु बारे अवगत गराएका थिए । कार्यक्रममा सहभागीहरुले डेंगु रोग बारे विभिन्न जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रम कृष्णबहादुर केसीको अध्यक्षता, पोषनाथ गौतमको स्वागत तथा होमनाथ गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।