Sorry, that menu does not exist.
 

तमानखोला गाउँपालिका अध्यक्षमाथी लगाइएको अरोपको नेपाली काँग्रेसव्दारा खण्डन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ असोज ७ । नेपाली काँग्रेस तमानखोला गाउँपालिकाले गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले लगाएको आरोपको खण्डन गरेको छ । ने.क.पा तमानखोलाले भाद्र २९ गते र गाउँपालिका प्रमुख जोकलाल बुढाले त्यसको सफाई स्वरुप केहिदिन पछि निकालीएको विज्ञप्तीले आफनो पार्टीको गम्भिर ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

नेपाली काँग्रेस तमानखोला गाउँपालिका सभापती खगेन्द्र पुनव्दारा हस्ताक्षरित विज्ञप्तीमा भनीएको छ सम्पूर्ण तमानखोलाबासीहरुमा हामी सुसूचित गराउन चाहान्छौँ की तमानखोला ने.क.पा को आब्ह्वानमा यी घटनाहरुको समस्या समाधानका निम्ती मिति २०७६÷५÷१४ गते शनिबार बोङगादोभानमा दुई दलीय संयुक्त बैठक बसी यी सम्पुर्ण घटनाहरुको समाधानका लागि सर्वपक्षीय रुपमा गाउँपालिकामानै समाधान खोज्ने हाम्रो भद्र मौखिक सहमती भएको थियो । तर आश्चर्य जनकरुपमा मिति २०७६/०५/२९ गते ने.क.पा तमानखोलाको तर्फबाट एकतर्फि रुपमा बिज्ञप्ती निकाल्नु र विज्ञप्ती संचार माध्यममा छपाइनुले मिति२०७६/०५/१४ गते भएको दुई पक्षिय भद्र सहमती ठाडो उल्लङघन हुनाले हामीलाई दुःखी तुल्याएको छ । जसले गर्दा हाम्रो समाजमा मनोबैज्ञानिक व्दन्व्द सिर्जना भएको छ ।

हामी सँधै संवाद बाटनै समाधान खोज्छौँ र सहकार्यबाटै समुन्नत गर्दछौँ । त्यसो भएको हुनाले हाम्रो बुझाईमा नेपालको संविधान २०७२ र स्थानीय शासन सञ्चानलन ऐन २०७४ वमोजिम गाउँपालिकाले शासन सञ्चालन गर्दे आएको छ । गाउँपालिकाले महत्वपुर्ण निर्णय गर्नेबेला कार्यपालिका बैठकले निर्णय गर्दछ । जसमा सम्पुर्ण कार्यपालिका सदस्यहरुको उपश्थिती रहने गर्दछ । यसै अन्र्तगत शिल्गुम, सेन्नमा खानेपानी मर्मतका लागि कार्यपालिकाले गरेको निर्णयलाई वडा नं. १ र २ का वडा अध्यक्षले हामीलाई झुक्काएर सिफारीस मागेको भनी आरोप लगाउनु भएको छ । यो आफैमा गैर जिम्मेवार पन हो भन्ने हाम्रो ठम्याई छ । त्यसैले गर्दा आगामि दिनमा कार्यपालिकाका सदस्यज्यु हरुलाई जिम्मेवार भएर अगाडी बद्न हामि विनम्र अनुरोध गर्दछौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !