Sorry, that menu does not exist.
 

ढोरपाटन छेन्तुङमा २ सय ८५ मिटर लामो पुलको सर्वे सम्पन्न : स्थानीय भन्छन्- ‘पुल चाँडो बनोस !’

विनोद विश्वकर्मा बुर्तिबाङ २०७६ असोज ७ । पश्चिम बागलुङका विभिन्न स्थानमा झोलुङ्गे पुलको सर्वे डिजाईन सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका वडा नंंं.९ को प्रर्यटकीय स्थल ढोरपाटन स्थित छेन्तुङ गुम्बा नजिकै उत्तरगँगा नदीमा २ सय ८५ मिटर लामो पुल बन्ने गरी सर्वे भइसकेको स्थानीय कल्याण कायतले बताए ।

विगत देखिनै पुलको अभाबमा नदी पार गर्न बाध्य भएका स्थानीयलाई पुल बन्ने सँकेत देखिएपछी खुसी छाएको छ । पुल नभएकै कारण धेरै जनाले बर्षातको समयमा नदी तरेर वारपार गर्दा ज्यान गुमाउन बाध्य भएका थिए । हाल पुल सर्वे भएको अवस्था छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको पहलमा पुल सर्वे भएको कायतले बताए । पुल चाँडै बन्नु पर्यो स्थानीयलाई बढो सास्ती भइरहेको छ, उनले बताए । उक्त पुल छेन्तुङ गुम्बादेखि सापमार्ग उत्तरगँगा नदी सम्म जोडिने गरी सर्वे भएको ढोरपाटन नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जीवन पुनले बताए ।

सो पुल निर्माण भएमा अधिकारीचौर, बोबाङ र म्याग्दी सम्मका जनतालाई सहजता हुनेछ । पुल नहुदा पशुचौपाया र स्थानीयलाई सास्ती भइरहेको छ वडा सदस्य गोपाल बिकले ईबागलुङलाई भने ।

त्यस्तै ढोरपाटन नगरपालिका वडा नं.६ र वडा नं.७ जोड्ने गरी फुलबारी दोगाडी घाट भुजिखोलामा १ सय ३० मिटर लामो झोलुङगे पुलको सर्वे डिजाइन भएको इन्जीनियर लिखित काफ्लेले बताए । केहि दिन अगाडी मात्रै पश्चिम बागलुङका विभिन्न स्थानमा पुलको सर्वे भइसकेको उनको भनाई छ । उक्त पुल निर्माण भएमा बोबाङ, ओखरेनी, गादीखोला, खानी, चामिव्दार , घैयाखेत लगाएतका बासिन्दालाई सहजता हुने स्थानीय चन्द्र बुढाले बताए ।

उता नेपाली काँग्रेस क्षेत्रीय सभापती कुवँरकै पहलमा तमानखोला गाउँपालिका वडा नं.४को लाम्मेला स्थित अन्चबेसी देखि दमाइखर्क जोड्ने गरी १ सय २५ मिटर लामो झलुङगे पुलको सर्वे डिजाइन सकिएको स्थानीयले बताएका छन् । आफुले दुर दराजमा रहेका जनताका समस्यालाई मध्यनजर राख्दै अति विकासको आवश्यकता अन्तर्गत अति आवश्यक रहेको झोलुङगे पुलको निम्ती सम्बन्धित निकायमा पुगेर पहल गरेका कारण सर्वे डिजाईन भइसकेको र चाँडै पुल निर्माण हुने कुवँरले बताए । उनका अनुसार आफुले विगतमा पनी विभिन्न स्थानमा झोलुङगे पुल निर्माणका निम्ती पुल माग गरेकोमा केहि निर्माण भइसकेको र केहि निर्माण चरणमा रहेको बताए ।
जति चासोका साथ झोलुंगे पुलहरुको सर्वे डिजाईन गरिन्छ त्यहि रफ्तारमा पुल निर्माणको थालनी हुनु पर्ने स्थानीयको माग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments