बागलुङ, २०७६ असोज ७ । काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँ किम्बोटमा सञ्चालित नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १८ औैं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीलेस ाधारणसभाको उद्घाटन गर्दै नमुना दुग्ध सहकारी संस्थाका शेयर सदस्यहरुले राज्यको सहयोग बिना नै डेढ दशकदेखि उत्पादनका क्षेत्रमा काम गर्दै आएको बताए । उत्पादनमा लागेका जनतालाई प्रोत्साहन गर्ने नीति राज्यले लिनु पर्छ, अन्यथा युवा पुस्ता विदेशिने र गाउँ वस्तीका उर्वर जग्गा जमिन बाझै रहने अवस्था सिर्जना हुन्छ जीसीको भनाई थियो ।
सहकारीमार्फत आयआर्जनका लागि नमुना सहकारीले आफ्ना सदस्यहरुको हितमा गरेका उदाहरणीय कामलाई संरक्षण गर्नका लागि स्थानीय सरकारको बढी भन्दा बढी ध्यान जानु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले दुग्ध सहकारीका शेयर सदस्यहरुले उत्पादन गरेको दुध गुणस्तरीय हुनु पर्नेमा जोड दिदै गुणस्तरका आधारमा दुध मूल्य बढी पाइने जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार कोपिला कंडेल, भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बागलुङका अधिकृत रामकृष्ण सुवेदी, काठेखोला गाउँपालिका वडा नं. ६ का वडा सदस्य लिलाधर ढुंगाना, सामुहिक वचत तथा ऋण सहकारी संस्था बिहुका सचिव शिवलाल कंडेल, बिहुकोट कृषि सहकारी संस्थाका अध्यक्ष बालानन्द कंडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा काठेखोला गाउँपालिका वडा नं. ६ बिहुमा जन्मिएर पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पत्रकार कोपिला कंडेललाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिसी, संस्थाका अध्यक्ष युक्तप्रसाद कंडेल लगायतले दोसल्ला ओढाई सम्मान पत्रव्दारा पत्रकार कंडेललाई सम्मान गर्नु भएको थियो ।
यस्तै संस्थामा ड्राई सिजनमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु भुभिश्वर कंडेल प्रथम, बालानन्द कडेल द्वितिय, काशीराम कंडेल तृतिय र झगराज कंडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहकरुलाई नगद २ हजार, १ हजार ५ सय र १ हजार रुपैया सहित पुरस्कृत गरिएको थियो । सोही अवसरमा संस्थाले संरक्षित पूँजिफिर्ताकोष, शेयर लाभांश, दुध विक्री वापत दुग्ध सहकारी संघबाट प्राप्त रकम सहित ११ लाख ८२ हजार ९ सय ८१ रुपैया रकम शेयर सदस्यहरुलाई वितरण गरेको थियो । सर्वोत्कृष्ट हुने शेयर सदस्य भूमिश्वर कंडेलले गत आर्थिक वर्षमा ५ हजार लिटर दुध विक्री गरेर ३४ हजार २ सय २० रुपैया कारोबार वापतको रकम प्राप्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष युक्तप्रसाद कंडेलको अध्यक्षता, उपाध्यक्ष पहलमान थापाको स्वागत र सचिव जगुपति कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाले आगामी ४ वर्षका लागि पुन युक्तप्रसाद कंडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा पहलमान थापा, सचिवमा जगुपति कंडेल, सहसचिव लक्ष्मी हमाल, कोषाध्यक्ष टंकप्रसाद कंडेल तथा सदस्यहरुमा शिवलाल चपाई, नारायणदत्त कंडेल, तुलसीदेवी कंडेल र पार्वती कंडेल रहेका छन् ।
यसैगरी लेखा समितिको संयोजक राजु निउरे तगा सदस्यहरु रामप्रसाद कंडेल र माया कंडेल सदस्य रहेका छन् ।