कमल पौडेल, बागलुङ २०७६ असोज ७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले ईबागलुङलाई जानकारी दिए ।
कुँवरलाई मंगलवार दिउसो बडीगाड गाउँपालिका वडा नं. ५ रेमी स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।
यी लिंक पनि पढौँ
प्रतिवन्धित नेकपा विप्लवका कार्यकर्ता कुँवर, बुर्तिबाङबाट गिरफ्तार !
बुर्तिवाङका कुँवरव्दारा नेकपा बिप्लब पार्टी परित्याग गरी आत्मसमर्पण !
7 Comments