Sorry, that menu does not exist.
 

कर्मभूमी फाउण्डेशनव्दारा देविस्थान माबिका गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

सुमन सुनार, बुर्तिबाङ २असोज १० । ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ रहेको सामाजिक संस्था कर्मभूमी फाउण्डेशनले निसीखोला गाउँपालिका देविस्थान स्थित एक विद्यालयका १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

गाउँपालिकाको वडा नं. १ स्थित देविस्थान माध्यमिक विद्यालयमा अध्यायनरत १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको फाउण्डेशनले जनाएको छ । कक्षा १ देखि १० सम्म अध्यायनरत ९ जना विद्यार्थीलाई विद्यालय पोसाक र ७ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री उपलव्ध गराइएको फाउण्डेशनका अध्यक्ष कमल भुषालले जानकारी दिए । अध्यक्ष भुषालका अनुसार करिव ७ हजार मुल्य बराबरको शैक्षिक सामाग्री आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई वितरण गरिएको हो । कर्मभुमी फाउण्डेशनले पश्चिम बागलुङका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको छ भने दुई दर्जन भन्दा बढि विद्यालयका करिव २ सय गरिव तथा जेहेन्दार बालबालिकालाई छात्राबृत्ति, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।

देविस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भुषालको प्रमुख आतिथ्यता रहेको थियो भने सचिव देव बहादुर विश्वकर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवी बुद्धिजिवीहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।

फाण्डेशनका सल्लाहकार पुर्ण प्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक पुरनध्वज गुरुङले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !