बागलुङ २०७६ असोज ११ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत २०७६ असोज १० गते टोली नं. १ ले बरेङ गाँउपालिका वडा नं.१ धुल्लुबास्कोटमा वडा प्रशिक्षण भेला सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला सभापती कृष्ण थापाले अनावश्यक कर बृद्धिले जनताको जनजिवन आक्रान्त बनेको छ, यसको प्रमुख कारण संघीयता नै हो । हाम्रो जस्तो देशले संघीयता थेग्न सक्दैन । त्यसैले संघीयताबाट फिर्ता हुनुको बिकल्प छैन भन्दै राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानलाई सफल पार्न आव्हान गरे।
भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाँउपालिका उपाध्यक्ष दिल कुमारी पुन, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आर्चाय, राष्ट्रिय जनमोर्चा बरेङका सदस्य हिरा बहादुर पुन लगायतले मन्तव्य राखेका थिए । वडा समितिका अध्यक्ष सकस बहादुर क्षत्रीको अध्यक्षता, पहल सिंङ थापाको सञ्चालन र नरसिंङ पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं.४ ले बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ७ वडा प्रशिक्षण कार्यक्रम बागलुङ बजारमा सम्पन्न गरेकोे छ । कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य तथा बागलुङ नगर समितिका अध्यक्ष थानेश्वर सुवेदी, अखिल नेपाल जनजाती सम्मेलनका तुल बिर श्रीस, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका सदस्य बिष्णु अधिकारी मन्तव्य राखेका थिए । कार्यक्रम नगर समितिका सदस्य पदम रायमाझीको अध्यक्षता, सहविन श्रीसको सञ्चालन र रिम बहादुर थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ३ ले जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला कोषाध्यक्ष दिल बहादुर दर्जी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष टिका आर्चायको अध्यक्षता, श्री प्रशाद थापाको सञ्चालन र लाल बहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
यसैगरी टोली नं. ६ ले बडिगाड वडा नं. २ खर्वाङमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा, ने.क.पा. मसालका जिल्ला प्रबक्ता मेक बहादुर पाईजा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य वोम बहादुर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष प्रेम पुनको अध्यक्षता, दुर्गा अर्यालको सञ्चालन र धन बहादुर बुढाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं. ८ काडेवासमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, नगर सदस्य नारायण सापकोटा लगायत मन्तब्य राखेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष श्याम सुनारको अध्यक्षता, चुरामणि कडेलको सञ्चालन र गंग बहादुर दर्जीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
टोली नं. ७ ले ढोरपाटन नगरपालिका वडा नं. २ मा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला कोषाध्यक्ष तम बहादुर घर्ती, अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य तथा ढोरपाटन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष युवराज महतले मन्तव्य राखेका थिए ।
टोली नं. ८ ले निसीखोला गाँउपालिका वडा नं. २ खाडुमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुंवर, जिल्ला सदस्य खिम बिक्रम शाही, थम्मन घर्तीले मन्तब्य राखेका थिए ।
One Comment