सुमन सुनार, बुर्तिबाङ २०७६ असोज १२ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली कांग्रेसले मुलुकको विकास र लोकतन्त्रको रक्षा कसरी गर्ने भन्ने विषय कहिलै साँेच्न नसकेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले आज ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा संबोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसले आफुलाई लोकतान्त्रीक पार्टी भन्ने गरे पनि लोकतन्त्रको रक्षा भने कहिलै गर्न नसकेको आरोप लगाए । गुरुङले भने, जव–जव मुलुकमा नेपाली कांग्रेस बलियो भयो, तव मुलुकमा लोकतन्त्र खोसिएको छ । नेपाली कांग्रेस लोकतन्त्र स्थापना र त्यसको सुद्धिकरणका लागि असफल पार्टी भएको भन्दै व्यवहार आचरण, शैली र जिवन पद्धतिको हिसावले बास्तविक लोकतान्त्रीक पार्टी नेपाल कम्यूनिष्ट पार्टी नेकपा भएको दाबी गरे । आधारभूत लोकतन्त्रको शिद्धान्तमा प्रतिवद्ध भएर लाग्ने पार्टी नेकपा भएको बताउँदै मुख्यमन्त्री गुरुङले मुलुकको विकास, मुलुकको समृद्धिको एजेण्डा बोक्ने पार्टी नेकपा भएको बताए ।
यस्तै प्रदेश स्तरका जनतालाई २ वर्ष भित्र आधारभूत खानेपानीको पहुँचमा पु¥याउने, ५ वर्ष भित्र प्रत्येक घरघरमा धारा पु¥याउने, काठका पोल विस्थापित गरी फलामे पोलमा रुपान्तरण गर्ने र प्रदेशका हरेक पालिकाको केन्द्रमा ७ मिटरको पिच बाटोले प्रदेश राजधानी पोखरा जोड्ने लक्षका साथ गण्डकी प्रदेशले रणनितिक योजना बनाएर अगाडी बढिरहेको उनको भनाई थियो । मुख्यमन्त्री गुरुङले प्रदेशको उज्यालो अभियान अन्तर्गत यहि वर्ष भित्र सम्भव हुने स्थानमा केद्रीय प्रशारण लाईन र सम्भव नभएका स्थानमा सोलार बत्ती पु¥याउने र ५ वर्ष भित्र गरिवीको रेखामूनी रहेका प्रदेशका १४.२ प्रतिशत जनतालाई ७ प्रतिशतमा झार्ने लक्ष रहेको बताए । उक्त उद्धेश्य प्राप्तीका लागि कृषिको आधुनिकिकरण, पर्यटन प्रवद्र्धन, उर्जा उत्पादन, उद्योग कलकारखाना विकास, विदेशी पुँजी र प्रविधी भित्र्याउने प्रयासमा लागेको मुख्य मन्त्री गुरुङले बताए । गण्डकी प्रदेशले आफ्नो आन्तरिक आम्दानीबाट प्रशासनिक खर्च धान्ने गरी प्रदेश सरकार चलाउने क्षमता आफैले निर्माण गर्ने बताउँदै उहाँले सरकारबाट प्राप्त अनुदान भने विकास, समृद्धि र निर्माणका लागि खर्च गरिने बताए।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पार्टी तथा राजनिती नेता बन्न र सरकारमा पुग्नका लागि मात्र नभएर, समाज परिवर्तन, राष्ट्रको समृद्धि र जनताको खुशीका लागि भएको बताएका छन् । नेपाली कांग्रेसबाट देश विकास र समाज परिवर्तन सम्भव नभएको बताउँदै कांग्रेस भिरमा लडेको मान्छे जस्तै भएको र आफु बच्नका लागि जे भेटे पनि समाउने अवस्थामा पुगेको बताएका छन् । जनतासंग जोडिएको कम्यूनिष्ट पार्टीले मात्र समृद्ध राष्ट्र सम्भव भएको भन्दै उनिहरुले देश विकासका लागि नेपाल कम्यूनिष्ट पार्टी रोज्नुको विकल्प नभएको बताएका थिए । नेकपाले २५ वर्ष देशमा शासन सञ्चालन गर्ने, देशलाई विकास र समृद्धिको बाटोमा अगाडी बढाउने बताएका थिए । साथै आगामी मंसीरमा हुने उप–निर्वाचन जसरी पनि जित्नुपर्ने जिम्मेबारी आएको भन्दै त्यो ढंगले अगाडी बढ्न आवश्यक रहेको उनिहरुले बताएका थिए । हिजोका निर्वाचनको परिणाम सहि ढंगले विश्लेषण, ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मनोगत हिसावले चुनाव जित्न वाताबरण सृजना गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रतिनिधी सभाका सांसद देवेन्द्र पौडेल, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपाली, नेकपाका जिल्ला ईन्चार्ज बलावती शर्मा लगायतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
यस्तै कार्यक्रममा बागलुङ जिल्ला क्षेत्र नं. २ “ख” का स्थानिय तहहरु ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका पार्टी संयोजकहरु, लक्षमण पुन, कुविर विश्वकर्मा र नरेन्द्र कुमार छन्त्यालले आ–आफ्नो स्थानिय तहको वस्तुगत रिपोर्टिङ गरेका थिए ।
नेकपाका जिल्ला कमिटी अध्यक्ष ईन्द्रलाल सापकोटाको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्यहरु मोहनलाल शर्मा, फमलाल न्यूरे, चन्द्र बहादुर बुढा सागर, दिलमायाँ रोका, प्रेम खरेल, हिरा बहादुर केसी, राजिव घिमिरे, सुनिल सेरचन, जिल्ला समन्वय समिति उपाध्यक्ष विष्णु भुषाल, बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजा लगायतको विशिष्ट आतिथ्यता रहेको थियोे भने स्थानिय नेता, कार्यकर्ताको व्यापक सहभागीता रहेको थियो ।
सोही अवसरमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष सुरज विश्वकर्मा सहित विभिन्न पार्टीमा क्रियाशिल २ सय ५० जना भन्दा बढि कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका थिए ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरेले गरेका थिए ।
4 Comments