कोपीला कंडेल, बागलुङ २०७६ असोज १२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बागलुङ बजार स्थित चिप्लेटी बसपार्कका यात्रु सहायता कक्ष स्थापना गरेको छ । बिजया दशमी, दीपावली र छठपर्वका अवसरमा बढ्दोे सवारी चाप संगै यात्रुहरुलाई पर्न सक्ने कठिनाईको सहजिकरणका लागि ट्राफिक सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । चाडपर्वको समयमा ज्येष्ठ नागरिक बालबालिका कमजोर असहाय अशक्त लगायतलाई सहजहोस भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए । रानाभाटले चाडपर्वको समयमा हुनसक्ने सम्भावित दुर्घटना बाट बच्नका लागि सवारी चालक यात्रु दुबै संबेदनशील बन्नुपर्नेमा जोड दिए ।
यसैबिच जिल्ला प्रहरी कार्यालय बागलुङले सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको शुभकामना भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी चालकलाई सुरक्षित र भरपर्दो यात्रको लागि शुभकामना स्वरुप ध्यान सचेत गराईएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले गाडीका चालकरुलाई फुलमाला लगाएर स्वागत एबं सम्मान समेत गरेका थिए । उनंले सवारी हाक्दा ट्राफिक नियमको पुर्णपालना गर्न गराउन समेत आग्रह गरे । सवारी चलाउदा सवारी साधनको अवस्था समय समयमा चेकजाच गर्नुपर्ने यात्रुहरुको संख्या नाम र ठेगानाको अभिलेख राख्नुपर्ने, चालकले सवारीको गन्तब्य लाग्ने समय रोकिने स्थान लगायतका बिषयमा जानकारी दिनुपर्ने लगायतका ध्यान दिनुपर्ने उनले बताए ।
One Comment