थम्मन थापा गल्कोट २०७६ असोज १३ । प्रगति आधारभुत विद्यालय गल्कोट नगरपालिका ७ मल्ममा आज विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा लामो समय प्रधानध्यापकको रुपमा कार्यरत नगेन्द्र बहादुर मल्ल र सहायक प्रधानध्यापक कृष्ण गौतमलाई फूलमाला अविर, मायाको चिनो र दोसल्ला ओढाई विदाई गरिएको विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य छुम बहादुर थापाले जानकारी दिए । प्रधानध्यापक मल्ल वि.सं २०५० साल भदौ १ गतेदेखि २०७६ असोज ९ गतेसम्म विद्यालयमा कार्यरत रहेका थिए । मल्लले लामो समय विद्यालयको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको छ ।
त्यस्तै २०७४ साल देखि कार्यरत सहायक प्रधानध्यापक कृष्ण गौतम भैरव माध्यमिक विद्यालय गल्कोट नगरपालिका ९ बाॅसखोलामा सरुवा भएपछि गौतमलाई पनि विदाई गरिएको छ । विदाई कार्यक्रममा प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका सल्लाहकार संयोजक दल बहादुर थापा, शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापा, नव नियुक्त प्रधानध्यापक तुल बहादुर थापाले विदाई मन्तव्य राखेका थिए।
त्यस्तै विदाई भएका प्रधानध्यापक नगेन्द्र बहादुर मल्ल र सहायक प्रधानध्यापक कृष्ण गौतमले विद्यालयमा कार्यरत रहॅदाको अनुभवलाई स्मरण गर्दै जहाॅ रहेपनि विद्यालयलाई आफनो ठाउॅबाट सहयोग र भुमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गरे । विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमी महानुभावको उपस्थिती रहेको थियो ।
सो अवसरमा गलकोट नगरपालिका ७ मल्म चिदारा निवासी केशव केसीले आफना स्वर्गिय बाबा कर्ण बहादुर केसी र आमा नन्दकली केसीको स्मृतिमा प्रगति आधारभुत विद्यालयमा नगद रु १ लाख १ हजार १२ रुपैयाको अक्षयकोष स्थापना गरि आजै विद्यालयलाई हस्तान्तरण गरेका छन । आजै दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको छ । कार्यक्रम प्रगति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, शिक्षक सुनिता वाग्ले थापाको स्वागत मन्तव्य र शिक्षक अनिसा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।