थम्मन थापा बागलुङ २०७६ असोज १६ । नेपाल टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ सहित आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । मोवाईल डाटा मार्फत अत्याधुनिक प्रविधिको उच्च गतिको इन्टरनेट चलाउन प्रयोग हुने फोर जी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । टेलिकमले बागलुङ बजार, म्याग्दी बेनी बजार, पर्वत कुश्मा बजार र मुस्ताङको जोमसोम र मुक्तिनाथ क्षेत्रमा आजदेखि अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको प्रमुख शर्माले बताए ।
टेलिकमले दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्तालाई लक्षित गरि चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य गरिरहेको थियो । टेलिकमले यस लगत्तै बागलुङको लालीगुराँसचोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको बेनी क्याम्पसचोक, पूलाचौर, रुममा फोर जी सञ्चालन हुने जनाइएको छ । त्यस्तै पर्वतको शिवालय, पातिचौर, दुर्लुङ, मुस्ताङको जोमसोम बजारमा फोर जी सेवा शुरु हुनेछ । एक वर्ष भित्र धौलागिरीका ११२ ठाउँबाट फोर जी सञ्चालनमा ल्याउन अहिले आवश्यक गृहकार्य भईरहेको बताईएको छ ।
आवश्यकता अनुसार अन्य थप ठाउँमा सेवा विस्तार गर्ने टेलिकमले योजना तय गरेको छ । आउँदो वर्ष भित्र देशभर फोर जी सेवा पु¥याउने सरकारी लक्ष्य अनुसार धौलागिरीमा पनि काम तीव्र पारिएको छ । “पहिलो चरणमा फोर जी शुरु हुने १४ वटै बिटियस् टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको छ टेलिकमले जनाएको छ । फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । “फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो”, इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ । फोर जी सेवाले ‘डिजिटल नेपाल’को लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाइ छ । “भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पु¥याउन कठिन छ” उनले , “ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ । फोर जी राउटरबाट कम्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।
18 Comments