Sorry, that menu does not exist.
 

दशै तिहार सडक मर्मत बजेट अन्तरगत सडक मर्मत : दशैमा घर आउने यात्रुलाई सहजता !

थम्मन थापा, गल्कोट २०७६ असोज १८ । बडा दशैं नजिकिदै गर्दा गल्कोट नगरपालिका-७ मल्ममा सडक मर्मत कार्य सम्पन्न भएको छ । मल्म पाण्डवखानीको सीमाना दाग्दी खोला देखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडाँडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटाहरुद्वारा भरेर सडक मर्मत गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । गल्कोट नगरपालिकाको दशै तिहार सडक मर्मत बजेट अन्तरगत सडक मर्मत गरिएको वडा अध्यक्ष थापाले बताए ।

चाडबाड नजिकिए सॅगै देश विदेशबाट घरमा आउने यात्रुहरुको सुविधालाई मध्यनजर गरि सडक मर्मत गरिएको हो । स्काभेटर, २ वटा ट्याक्टर र सहयोगी युवाहरुको सहभागितामा सडक मर्मत गरिएको निर्माणका अभियन्ता युवा समाजसेवी रुद्र केसीले जानकारी दिए । सडक मर्मत असोज १४ गतेदेखि सुरु गरिएको थियो । यसपाली वडाको दुर्गम बस्तीका जनतालाई लक्षित गरि सडक मर्मत गरिएको वडा कार्यालयले जनाएको छ । सडक मर्मत गरे सॅगै सवारी आवागमनमा सहजता भएको छ । यस भन्दा अघि भदौमा निरन्तरको वर्षाले सडकमा खाल्डाखुल्डी परेपछि ठाडोओडार बिसारेडाँडा र ओदाहमा सडक मर्मत गरिएको थियो । मल्म पाण्डवखानी सडकमा पछिल्लो समय सवारीको चाप समेत निकै वृद्धि भएको छ । यो सडक भएर बडीगाड गाउपालिकाको रणसिंहकिटेनी र ढोरपाटन नगरपालिकाको खुंगा सम्मका यात्रुहरु ओहोर दोहोर गर्ने गर्दछन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !