बाराही युवा क्लव बायखोलाका लागि रु. १ लाख १ हजारको अक्षयकोष स्थापना !
बुर्तिवाङ २०७६ असोज २४ । ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले बराह प्राथमिक विद्यालय बायखोला निसीखोलाका लागि १ जना शिक्षक राखिदिने घोषणा गरेका छन् । बायखोलामा रहेको बाराही युवा क्लवले आयोजना गरेको दशै विशेष कार्यक्रमको उद्घाटन कार्यक्रमको अवसरमा नगर प्रमुख नेपालीले निसीखोला गाउँपालिका वडा २ स्थित उक्त विद्यालयमा आफुले व्यक्तिगत रुपमा तलव भत्ताको व्यवस्था गरी शिक्षक राखिदिने घोषणा गरेका हुन् ।
शिक्षक नियूक्तिका क्रममा भने गरिब, दलित तथा विपन्न परिवारबाट छनौट गर्न समेत नगर प्रमुख नेपालीले विद्यालयलाई आग्रह गरे ।
त्यसैगरी सोही कार्यक्रमको अवसरमा नगरप्रमुख नेपालीले बाराही युवा क्लव बायखोलाका लागि रु. १ लाख १ हजारको अक्षयकोष स्थापना गरिदिएका छन । क्लवको भवन निर्माण र क्लवद्धारा सञ्चालन हुने सामाजिक उत्तर दायित्वका कार्यक्रममा सहयोग पुगोस भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरिदिएको नगर प्रमुख नेपालीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले ढोरपाटन, निसीखोला र तमानखोलाको विकासका लागि आफु सक्दो प्रयासरत रहेको बताए
मेरो विरुद्धमा विपक्षीले विभिन्न भ्रामक प्रचार गरेर असफल बनाउन खोजिरहेका छन्, तर यस क्षेत्रका गरिव, दलित तथा पिछडिएका वर्गहरुको उत्थानका लागि जस्तो सुकै मुल्य चुकाउन तयार रहेको नगरप्रमुख नेपालीको भनाई थियो ।
नगर प्रमुख नेपालीले जनप्रतिनिधीहरु राजनैतिक तथा व्यक्तिस्वार्थ केन्द्रीत हुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको बताए । नेता भन्दा जनता शिक्षित भएको बताउँदै अवका दिनमा झुटको खेती गर्नेहरुको भविष्य नभएको समेत बताए ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश सदस्य प्रेम घर्ति मगर, निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्मा, नेपाल आदिवासी जनजाती महासंघ ढोरपाटन नगरपालिकाका सचिव पदम बहादुर छन्त्याल, कर्मभूमी फाउण्डेशन बुर्तिबाङका अध्यक्ष कमल भुषालले बोलेका थिए ।
क्लव अध्यक्ष गिर बहादुर कुँवरको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य टंक पौडेल लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको विशेष उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा आधुनिक गायक सुमन सुनार, लोक पप गायक कृष्ण क्षेत्री, लोक दोहोरी गायक रामु विरही लगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।
क्लवकी सदस्य विष्णु कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने झम सिर्पालीले गरेका थिए ।
प्रशंगबस पवर्ते राजाले किन ढोल्ठान
4 Comments