स्थानिय क्लव, आमा समुह र विद्यालयका लागि २ लाख भन्दा बढि आर्थिक सहयोग !
सुमन सुनार, बुर्तिबाङ २०७६ असोज २५ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले तमानखोला गाउँपालिका स्थित बराहताल ऐतिहासिक, पुरातात्वीक, प्राकृतिक हिसावले पर्यटन विकासको प्रचुर संभावनायुक्त स्थान भएपनि त्यसको प्रवद्र्धनमा कसैको ध्यान जान नसकेको बताएका छन् । तमानखोला गाउँपालिका वडा नं. २ मा रहेको बराहताल युवा क्लव भयरकटेरीले आयोजना गरेको दशैँ विशेष कार्यक्रमको उद्घाटन गर्दै नेपालीले यस्तो बताएका हुन् ।
नेपालीले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने र ओझेलमा परेका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले छनौट गरिएको नयाँ सय वटा पर्यटकीय गन्तब्यहरुमा संभावनायुक्त बराहताल समाबेश नहुनु दुखद कुरा भएको बताउनुभयो । बराहताल तमानखोला गाउँपालिकाको मात्र नभएर सिंगो राष्ट्रको गहना भएको बताउँदै नगर प्रमुख नेपालीले सो तालको विकास र प्रर्वद्धनमा सबैको ध्यान जान आवश्यक रहेको बताए ।
बराहतालको विकास तथा सो बाट प्राप्त लाभ जनस्तरमा पुराउन पर्यटकीय पूर्वाधारहरुको विकास गर्न सक्ने हो भने तालको सुन्दरता, ऐतिहाँसिकता, यस क्षेत्रको कला, संस्कृतिहरु आन्तरीक एवंम बाह्य पर्यटकहरुको लागी उत्कृष्ट खुराक बन्न सक्ने बताउनुभयो । गाउँपालिकाको केन्द्र बोंगादोभान देखि भयँरकटेरी हुँदै बराहताल सम्म सुविधायुक्त मोटर बाटो निर्माणका लागि प्रदेश देखि केन्द्र सम्म विशेष पहल गर्ने नेपालीले बताए ।
कार्यक्रम कै अवसर पारेर नगर प्रमुख नेपाली भयरकटेरीमा रहेको जनज्योती आधारभूत विद्यालयको भवन निर्माणका लागि रु. ५१ हजार र स्थानिय प्रगतीशिल आमा समुहको भवन निर्माणका लागि रु. ५१ हजार आर्थिक सहयोग गरेका छन् । यस्तै बराहताल युवा क्लवका लागि रु. १ लाख १ हजार आर्थिक सहयोग समेत गरेका छन् ।
त्यसैगरी नगर प्रमुख नेपालीले खरका छानो भएका भयरकटेरीका स्थानिय बेग बहादुर वि.क., दल बहादुर वि.क., मनी वि.क., उदिम वि.क. र धन बहादुर वि.क. गरी ५ घरपरिवारको रंगीन जस्ता पाताले घर छाईदिने घोषणा समेत गरे । सो अवसरमा स्थानिय कलाकार, जेष्ठ नागरिक, सोरठी, मारुनी नाँच र पञ्चेबाजाको समुहलाई नगद रकम सहित सम्मान पनि गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य झक प्रसाद वि.क., ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य टंक पौडेल, केशर बहादुर छन्त्याल, जनजागृती माध्यमिक विद्यालय बोंगादोभानका शिक्षक बेद बहादुर बुढा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
क्लव अध्यक्ष विश्वास पुनको अध्यक्षता रहेको कार्यक्रममा प्रेम छन्त्यालको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन जनज्योती आधारभूत विद्यालयका प्र.अ. भविन्द्र पुनले गरेका थिए ।
यो लिंक पनि पढौं-
साताको तस्वीर : सिद्ध बराहताल !