Sorry, that menu does not exist.
 

नेकपाबाट मोहनलाल शर्मा र तुलसी अर्यालको नाम उमेदवारको अग्रपंक्तिमा !
काँग्रेसले पठायो उमेदवारको नाम, नेकपा राजमो तालमेलको संभावना न्यून, राजमोबाट शाहीको उमेदवारी पक्का ?

बुर्तिवाङ २०७६ असोज २६ । नेपाली काँग्रेस क्षेत्र नंं. २ (ख) बागलुङले आगामि मँसिर १४ गते हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनका निम्ती संभावित चारजना उमेद्वारको नाम जिल्ला तथा केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरे सँगै बुर्तिवाङमा उपनिर्वाचनको चहलपहल सुरु भएको छ ।

नेपाली काँग्रेस पार्टीको शनिबार बुर्तिवाङमा बसेको बैठकले उमेद्वारका आकाँक्षी चारजना, क्षेत्र नं. २ का सभापती दोर्णकुमार कुवँर, महाधिवेशन प्रतिनिधी टेकराज पौडेल , महाधिवेशन प्रतिनिधी जीतबहादुर शेरचन र महाधिवेशन प्रतिनिधी तुलासिँह घर्तिमगरको नाम पठाएको श्रोतले बतायो ।

प्रदेश सभा साँसद टेकबहादुर घर्तिको निधन भएसँगै आगामि मँसिर १४ गते हुने उपनिर्वाचनका निम्ती पश्चिम बागलुङमा निर्वाचनको चर्चाले व्यापकता पाउन थालेको छ । निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरी तिनवटा पालिका रहेको प्रदेश ख मा कुन पार्टीको उमेद्वारले विजयश्री हात पार्छ ? भन्ने कौतुहलता सुरु भएको छ ।

केहि दिन पहिले ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले निसीखोलामा आयोजित एक कार्यक्रममा बोल्दै उपनिर्वाचनमा नेकपा र राजमो मिलेर नेपाली काँग्रेसका उमेदवारलाई पराजीत गर्ने उद्घोष गरेर चुनावी लहर उत्पन्न गर्न खोजेपनि नगरप्रमुख नेपालीको यस कथनलाई राजमो समेतले गम्भीरतापूर्वक नलिएपछी त्यसक्षत्रका मतदाताले यसलाई हवादारी भनेर विश्लेषण गरेका छन् । राजमोको नाडी छाम्न नगरप्रमुख नेपालीले यस्तो अभिव्यक्ति दिएको राजमो शीर्ष नेतृत्वको ठम्याई छ । ‘आश त गरे भर त नपरे’को मनस्थितिमा राजमो देखिएको छ ।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी निर्वाचनमा होमिने सँकेत देखिएको छ । जसमध्ये नेपाली काँग्रेस पार्टीले चारजना मध्ये एकजनाको नाम टुँगाउने छ भने राजपाबाट गणेशबहादुर कुवँरको नाम चर्चामा छ । उता समाजवादी पार्टीबाट अशोक विक, शंकर कुवर र गंगा घर्तीको नाम चर्चामा छ ।

नेकपाले हालसम्म उमेदवारको अन्तिम टुँगो लगाएको अवस्था छैन् । नेकपाको आन्तरीक तयारी रहेको बुझिएपनी राष्ट्रिय जनमोर्चा र नेकपा विचको तालमेल हुने वा नहुने अझै अन्यौल यथावतै छ । राष्ट्रिय जनमोर्चाले समेत अझैसम्म आफनो उमेदवारको नाम आधिकारिकरुपमा बाहिर ल्याएको छैन तापनि सम्भावित उमेदवारमा खीमबिक्रम शाही, धर्मबहादुर कुँवर, स्व टेकबहादुर घर्तीकी श्रीमती आदिको नाम चर्चामा छ । स्व घर्तीकी श्रीमती स्थायी शिक्षक रहेकी र आर्थिक अवस्था बलियो नभएका कारण उनि उमेदवार बन्ने संभावना न्यून रहेको राजमो श्रोतको दाबी छ । काग्रेसबाट दोर्ण कुँवरले उमेदवारी पाएमा राजमोबाट धर्म कुवँरले उमेदवारी नदिने आशंका पनि राजमो भित्र देखिएको छ । राजमोबाट खीमबिक्रम शाहीनै सशक्त उमेदवार बन्ने राजमो बृतमा चर्चा छ । नेकपाबाट मोहनलाल शर्मा, तुलसी अर्याल, प्रेमबहादुर बिक, दिलबहादुर बिक, प्रेम घर्ती आदिको नाम आकांक्षीमा देखिएको छ ।

२०७४ को पद्रेश र सँघिय निर्वाचनमा नेकपा र राजमो विच निर्वाचन तालमेल भएको थियो । प्रदेश सभामा आफनो पार्टीका उमेद्वारले जित हासिल गरेको र हालपनी राजमोले पुन आफनो पार्टीबाट उठ्ने उमेद्वारलाई नेकपाले मतदान गर्नुपर्ने बताउँदै आएको छ, जुन त्यत्ति विश्वसनीय देखिदैन ।

यो पनि पढौं
नेकपा र राष्ट्रिय जनमोर्चाको तालमेलबाट उम्मेदवार चयन हुने नगरप्रमुख नेपालीको उद्घोष !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

7 Comments