Sorry, that menu does not exist.
 

निसीखोलाका लिला घर्ती किवीबाट मनग्य आम्दानी गर्दै, जिल्लामा किवी खेती गर्ने कृषकको सँख्या कम

छविलाल पाण्डे बुर्तिबाङ २०७६ असोज २९ । किवीखेतीबाट बार्षिक २० लाख सम्मको आम्दानी गर्ने उद्देश्य सँगै निसीखोलाका एक युवा सक्रिय रुपले किवीखेतीमा लागेका छन् । निसीखोला गाउँपालिका वडा नं.४ का कृषक एवं जिल्ला कृषक समुह महासँघ बागलुङका संयोजक समेत रहेका लिला बहादुर घर्तीले आफनै पाखो बारीमा किवीखेती सुरु गरेपछि यसबर्षदेखि मनग्य आम्दानी कमाउन थालेका छन् ।

अधिकाँश युवाहरुले बैदेशिक रोजगारीलाई प्राथमिकता दिने, दुईचार हजारको जागिर खोज्ने जस्ता प्रबृत्ति अझैसम्म रहेको अवस्थामा आफुले आफ्नै पाखो बारीमा मिहिनेत गर्न सके सफल हुने सम्भावना देखेपछी २०७२ सालदेखि किविका विरुवा रोपेर त्यसको स्याहार सुसारमा लागेका घर्तिले यसबर्षमात्रै करिब ५० क्विन्टल किवी विक्रि गर्ने लक्ष्यमा उनी छन् ।

राज्यले कृषि क्षेत्रमा राम्रो नीति लिएका कारण पनी अबका दिनमा आफुहरुलाई सहज हुने स्थिती देखेपछि आफुले किवी खेती सुरु गरेका घर्तिको भनाई छ । उनले करिब दुई रोपनी जग्गामा पचास भन्दा बढी विरुवा लगाएका छन् । तारबार र पिल्लर लगाएर जेलिएको जग्गामा लटरम्म फलेका किवी टिप्दै गरेका घर्तीले असोज महिनाको अन्तिम सातादेखि पुस महिनासम्म विक्री गर्ने गरी आफुले किवी टिप्न सुरु गरेको र हाल आफ्नो बजार क्षेत्र पोखरामा रहेको ईबागलुङलाई बताए ।

स्थानीय बजारमा अझैपनी किवीको प्रयोग कम भएका कारण सामान्य मात्रामा मात्र स्थानीय बजारमा खपत हुने र बाँकी पोखराका व्यापारीले आफुसँग सम्झौता गरेर लैजाने गरेको घर्तीको भनाई छ । हाल उनले फार्मबाटै प्रतिकेजी ४ सय ६५ रुपैयाँमा विक्री गर्ने गरेको बताए । भारतबाट धेरै मात्रामा आयात हुँदै आएको किवी नेपालमा उत्पादन कम भएका कारण बजार समस्या नरहेको उनले बताए । किवी विरुवा लगाएतको २ बर्षदेखि उत्पादन दिन सुरु हुने भएका कारण आवश्यक पानी, मल र जमिनको सहि उपलब्धता भएमा थारै मिहिनेतले राम्रो फाइदा लिन सकिने घर्तिको भनाई छ ।

उनको फार्ममा एकथरी उत्पादन दिएका किवीका विरुवा छन् अर्का तर्फ एकबर्ष अगाडी लगाइएको करिब ६० विरुवा छन् ती विरुवाले अर्का बर्षदेखि फलदिने भएपछी आफुले अब विगतको जस्तो धेरै मिहिनेत गर्नुपर्ने अवस्था नरहने घर्तीले बताए । अवका दिनमा १८ रोपनी जमिनमा एपोर्गाड फल लगाउने तयारीमा रहेको उनले बताए ।

्बागलुङमा किवी खेती थोरै मात्रामा केहि कृषकहरुले मात्र लगाएको पाइन्छ । जिल्लाको पश्चिम क्षेत्रको निसीखोला, वडीगाड, तमान, ढोरपाटन नगरपालिकाको माथिल्लो भुभागमा किवी खेतीको प्रचुर सम्भावना देखिन्छ । हाल ढोरपाटनको वडा नं ३ पुर्काेटमा, वडीगाड गाउँपालिकामा त्यहाँका अध्यक्ष मेहरसिँह पाईजा र निसीखोलामा लिला घर्तिको फार्मममा किवीखेती देख्न सकिन्छ । पछिल्लो समयमा अन्य कृषकहरुले समेत यसको अभ्यास गर्न थालेका छन् । किवीफल स्वास्थ्यका निम्ती बढि लाभदायक हुने र विभिन्न रोगहरुको समेत औषधिको काम गर्ने भएका कारण मुल्य भने केहि बढि पर्ने गरेको हो । धेरै कृषहरुले यसको उत्पादन गर्न थालेपछि मुल्य स्वत घट्ने घर्तिले बताए ।
जिल्ला कृषक समुह महासँघ बागलुङका संयोजक लिला घर्तिका अनुसार जिल्लाभर तरकारी, फलफुल र मासु र दुग्ध उत्पादनमा जम्मा जम्मी ६०÷६१ ज्नामात्रै कृषकहरु व्यबसायिक रुपमा लागेका छन् । तरकारी, फलफुल र मासुको माग अझ धेरै छ त्यसको व्यवस्थापनका निम्ती स्थानीय, प्रदेश र केन्द्र सरकारले युवा कृषहरुलाई थप प्रोत्साहन गर्नुपर्न घर्तीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments