छबिलाल पाण्डे, बुर्तिवाङ २०७६ असोज ३० । बुर्तिबाङ राइजिङ युवा क्लबले सञ्चालन गरेको कोजाग्रत पूर्णिमा मेला तथा १७ औँ बार्षिक उत्सबको आज चौथो दिनपनी विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।
गत असोज २६ गते कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएको कार्यक्रम अन्र्तगत आज पालिका स्तरीय ढोरपाटन मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिता तर्फ निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका विचको खेलमा निसीखोला अघिल्लो चरणमा प्रवेश गरेको छ ।
ढोरपाटन नगरपालिका वडा नंं. ५,६,७ र गल्कोट नगरपालिका विचको खेलमा गल्कोट नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । निसीखोला गाउँपािलका काल्नेचौर समुह र ताराखोला गाउँपालिका विचको खेलमा ताराखोला अनुपश्थित भएसँगै निसीखोला काल्नेचौर समुह अघिल्लो चरणमा प्रवेश गरेको हो । उता ढोरपाटन नगरपालिका २,३ र ४ र तमानखोला गाउँपालिका विचको खेलबाट तमानखोला अघिल्लो चरणमा प्रवेश गरेको छ ।
ढोरपाटनन नगरपालिका वडा नं.५,६,७ र गल्कोट नगरपािलका विचको खेलबाट गल्कोट नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । ढोरपाटन नगरपालिका घैयाखेत समुह र ताराखोला विच हुनुपर्ने खेलमा ताराखोला समुह उपस्थित नभएपछि घैयाखेत समुह अघिल्लो चरणमा प्रवेश गरेको छ । भलिबलमा लिक्कमनकआउट सिस्टम भएको छ ।
भोलि पहिलो चरणको खेल ढोरपाटन नगरपालिका वडा नंं.५,६, ७ र वडिगाड गाउँपालिका विच खेल हुने आयोजकले बताएको छ । आजै पूरुष छेलो प्रतियोगिता भएको छ । जसमा ११ जनाको सहभागिता रहेको छ । महिला तर्फ ४ जनाको सहभागिता रहेको थियो । पुरुष महिला छेलो प्रतियोगिता जारी रहेको छ । उता गत २६ गतेदेखि सुरु भएको कृषि तथा कला प्रर्दशनी जारी रहेको छ । जसमा हालसम्म कृषि तर्फ ६४ जना र कला तर्फ ११ जनाले सहभागिता जनाएका छन् । आजनै एकल डान्स प्रतियोगिता भएको छ । जसमा ११ जनाको सहभागिता रहेको थियो ।
One Comment