रनिश रानामगर, बागलुङ २०७६ कात्तिक १ । काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापा मगरले मुलुक परिर्वतनमा सहकारीको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।
काठेखोला गाउँपालिका वडा नम्बर १ पालामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाको चौँथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सहकारीले पछाडी परेका वर्गलाई अगाडी ल्याउनु पर्नेमा जोड दिए ।
थापाले पछिल्लो समय सहकारीहरु दिन प्रति दिन स्थापना हुँदै गएको बताउँदै ति मध्य केही सहकारी मात्रै सेवामुलक काममा लागेको र अधिकांश नाफा कमाउने उद्देश्यले स्थापाना भएको बताए ।
कार्यक्रमका अवसरमा सहकारीले उत्कृष्ट बचत कर्ता अन्तर्गत सिता कुमारी कुवर, उत्कृष्ट बाल बचत तर्फ इसिका रोका उत्कृष्ट संस्थागत बचत तर्फ जनसेवा सामुदायिक अध्ययन केन्द्र र असल ऋणी मा कोपिला किसान लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो । संस्था का कोषाध्यक्ष कुमारी थापाले आ.व. ०७५/७६ मा २ करोड १० लाखको कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृषि विज्ञ योशिका मासायुकी, वडा सदस्य भूमिराज खत्री, गम्भीरा थापा, सल्लाहकार गीतादेवी केसी,शेयर सदस्य मान बहादुर थापा, समाजसेवी जोखिराम थापा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता, उपाध्यक्ष गोरे विकको स्वागत र सचिव लक्ष्मण थापाको सञ्चालनमा सम्पन्न भएको थियो।