Sorry, that menu does not exist.
 

नि:शुल्क प्लाष्टिक टनेल पाएपछी फलेवास देविस्थानका कृषकहरु खुशी !

लक्ष्मण बिसि, फलेवास पर्वत २०७६ कात्तिब १ । पर्वतको फलेवास नगरपालिका ६ देविस्थानका कृषकहरुलाई पलाष्टिक टनेल वितरण गरिएको छ ।

फलेवास नगरपालिकाको सहयोगमा देविस्थानका ८० जना कृषकहरुलाई निशुल्क पलाष्टिक टनेल वितरण गरिएको वार्ड अध्यक्ष भोलानाथ भुसालले जानकारी दिएका छन् । पहिला किसानहरूलाई टनेल घर बनाउन लगाइएको र कृषि शाखा प्रमुख र जनप्रतिनिधिको टोलिले अनुगमन गरेपछि टनेल घर बनाएका सबै किसानहरूलाई पलाष्टिक टनेल वितरण गरिएको उनले बताए ।

कृषकहरूले पलाष्टिक टनेकको सहि सदुपयोग गरि मौसमी तथा बेमौसमी अर्गा्निक तरकारी उत्पादनमा जोड दिनुपर्ने भुसालले बताए । निशुल्क टनेल पाएपछि देविस्थानका कृषकहरू खुसी भएका छन । कृषकहरूलाई कृषिमा आत्मनिर्भर र व्यवसायीक बनाउने उदेश्यले निशुल्क टनेल वितरण गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताएका छन् ।

कृषि क्षेत्रबाट नगरको समृद्धिको आधार तयार पारेको बताउदै नगरभित्रका बेरोजगार युवाहरुलाई बिदेश जान निरुत्साहित गर्दै आफ्नै गाउँठाउँमा कृषी पेसामा रमाउदै आत्मनिर्भर र व्यावसायिक गराउने नगरपालिकाको उदेश्य रहेको शर्माले बताए ।

कृषि उत्पादनमा वृद्धि गर्नको लागि आधुनिकीकरण, यन्त्रीकरण र विविधीकरणमा जोड दिएको उनले बताए । नगरपालिकामा उत्पादित सम्पुर्ण कृषिजन्य बस्तुहरुको बजारीकरण गर्ने जिम्म नगरपालिकाले लिएको बताउदै कृषकहरुलाई गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरे ।

निर्बाहमुखि खेती प्रणाली त्यागेर अब कृषकहरु व्यावसायिक बन्नुपर्ने बताउदै बेमौसमी तरकारी खेतिबाट मनग्ये आम्दानी गर्न सकिने भएकाले कृषकहरुलाई बढी भन्दा बढी बेमौसमी तरकारी उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । आगामी दिनहरूमा पनि कृषकहरुलाई अनुदान र प्रबिधि सहयोग गर्दै जाने नगरप्रमुख शर्माले बताए ।

देविस्थानका केही अगुवा कृषकहरुले टमाटर,काउली, ब्रोकाउली,बन्दा,भन्टा,करेला,काक्रो,लौका घिरौला,सिमि, लसुन, प्याज, खुर्सानी लगाएतका मौसम तथा बेमौसमी तरकारी उत्पादन गर्दै बिक्री गरेर राम्रो आम्दानी गरेका छन् । कृषकको घरघरमा पुगेर बिउ,मल र माटोको बारेमा बेलाबेलामा कृषकहरुलाई प्राविधिक ज्ञान सिकाउदै आएको कृषि शाखा प्रमुख ढाकाराम सुवेदीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !