बसन्त घर्तीमगर, तमानखोला, (बागलुङ) २०७६ कात्तिक २ । स्वास्थ्य कार्यालय बागलुङले बागलुङ जिल्लाका ३४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रमको आज विहान तमानखोला गाउपालिका लाम्मेल वडा नं ४ को कार्यालयमा बालबालिकाहरुलाई भिटाभिन ए क्याप्पसुल खुवाएर शुभारम्भ गरेको छ । तमानखोला गाउँपालिकामा स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले ५ वष मुुनीका बालबालिकालाई भिटामिन ए खुवाएर कार्यक्रम सुरु गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । भोलि कात्तिक ३ गते पनि जिल्लाका सवै स्थानिय तहका हरेक बुथमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम रहेको छ ।
६ महिना देखी ५ वर्ष भित्रका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्ष देखी ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी अनिर्वार्य खुवाउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज शनिवार सार्वजनिक बिदा भएपनि जिल्लाका सबै पालिकाहरुमा भिटामिन ‘ए’ को साथमा ३२ हजार ८ सय बालबालिकालाई जुकाको औषधी पनि खुवाईने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लाका दश वटै स्थानिय तहमा भिटामिन ‘ए’ र जुकाको औषधी ९अबलेण्डा झोल० पठाई सकिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत गुरौले जानकारी दिए ।
कार्यालयका अनुसार बागलुङ नगरपालिकाका ७ हजार ६ सय, गलकोटका ३ हजार ६ सय, ढोरपाटनका ३ हजार ४ सय र जैमिनीका ३ हजार ६ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ । त्यसैगरी बरेङ गाउँपालिकाका १ हजार ६ सय, काठेखोलाका ३ हजार २ सय ताराखोलाका १ हजार २ सय निसीखोलाका २ हजार ८ सय तमानखोलाका ३ हजार ४ सय र बडिगाडका ३ हजार ६ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको कार्याालयले जनाएको छ ।