बागलुङ २०७६ कात्तिक ३ । बागलुङ जिल्ला अदालतमा २०७६ कात्तिक ३ गते आत्महत्या दुरुत्साहन सम्वन्धी मुद्दा पेस हुँदा एकजना अभियुक्तलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
गत २०७६ असोज ५ गते विहान ९.३० बजेको समयमा बागलुङ नगरपालिका ४ कुँडुले बस्ने वर्ष २५ की सहनशीला केसी भन्ने सुजाता पौडेललाई निजकै श्रीमान समेतले आत्महत्या गर्न बाध्य बनाएको घटनाका सम्वन्धमा सम्पूर्ण अनुसन्धान पुरा गरी सम्मानित जिल्ला अदालतमा पेस हुँदा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको ईजलासले प्रतिवादी मध्यका बागलुङ नगरपालिका ४ ठुलास्वाँरा बस्ने डम्बरबहादुर केसीका छोरा वर्ष २७ का भुवन केसीलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएको र निज भुवन केसीका बुबा प्रतिवादी डम्बरबहादुर केसी र आमा प्रतिवादी सरस्वती केसीलाई जनहीँ रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईव्दारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाईएको छ ।
यसैवीच २०७६ भदौ २० गते बडीगाड गाउपालिका ५ बहादीपकी २४ की भीमकली सुनारको आत्महत्या घटनामा मृतकका माईती पक्षले अभियुक्त छिमेकी मदन बलाललाई आत्महत्या दुरुत्साहन मुद्दा दिएकाले निज प्रतिबादी मदन बलाललाई गत असोज २८ गते पक्राउ गरी म्याद थप गराई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
One Comment