पूर्णभद्र निउरे, ताराखोला २०७६ कात्तिक ३ । ताराखोला गाउँपालिका सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि ३ दिने अतिरिक्त क्रियाकलाप सम्बन्धि तालिम कात्तिक ३ गते देखी शुरु भएको छ । सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ पढाईका अलवा अतिरिक्त ज्ञान प्रदान गर्ने उदेश्यले माध्यमिक तहका लागि उदधोषण र कला अनि आधारभुत तहका लागि नृत्य सम्बन्धि तालिम सन्चालन गर्न लागिएको गाउँपलिकाका शिक्षा संयोजक उमानाथ अधिकारी ले जानकारी दिए ।
तालिमको उदघाटन समारोहमा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले तालिमले बिद्यार्थीहरुको अतिरिक्त ज्ञान प्रदान गर्नुका साथै आफुले रोजेको बिधामा अगाडि बढ्न प्रेरणा मिल्ने कुरामा जोड दिएका थिए ।
तालिममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले उद्घोषण, रन्तल आर्ट्सका मछिन्द्र शाक्यले आर्ट ९ पेन्टिङ ० र दिलिप कडेलले नृत्य सम्बन्धि बिषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
ताराखोला गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका ४४ जना बिद्यार्थि आर्ट सम्बन्धी तालिम मा र ३९ जना विद्यार्थी उद्घोषण तालिम मा सहभागी भएको जनाइएको छ ।
पहिलो चरण मा उदघोषण र आर्टका बिषय तालीम प्रदान गरिने र दोस्रो चरण मा ६ गते देखि नृत्यको कक्षा संचालन गरिने शिक्षा साखा संयोजक उमानाथ अधिकारिले बताए । तालिम उदघाटन समारोह ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता अर्गल मा बि का प्र अ गणेश बहादुर घर्तिको संचालन र शिक्षा शाखा संयोजक उमानाथ अधिकारीको स्वागतमा सम्पन्न भएको थियो ।