Sorry, that menu does not exist.
 

सत्यवती गाउपालिकाका पहिरो पीडितलाई भारतमा रहेका नेपालीव्दारा सहयोग !

प्रेम सुनार, गुल्मी २०७६ कात्तिक ४ । भारतको मुम्वईमा कार्यरत नेपालीहरुले गुल्मीको सत्यवती गाउपालिकाका बाढि पहिरो पीडितहरुलाई लाखौं रुपैयाँ सहयोग गरेका छन् । गत साउन ६ गते रातीको अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट १३ जना आफन्त गुमाएका र सयौं घरधुरीका परिवार विस्थापित भएका सत्यवती गाउँपालिका वडा नम्वर ३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घाका पहिरो पीडितहरुलाई सो संगठनले ३ लाख भन्दा बढि सहयोग हस्तान्तरण गरेको हो ।

वडा नम्वर ३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा ३ लाख २ हजार ६ सय ७४ रुपैयाँ स्थानिय तह मै पुगेर सो संगठनका नेताहरुले हस्तान्तरण गरेका हुन । नेपाली प्रवासी संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीका अनुसार उक्त सहयोग रकम सो संगठनको महाराष्ट्र गुजराँत संयुक्त राज्य समिति, नवि मुम्वई नगर समितिको अगुवाईमा संकल गरिएको थियो ।

जसको सक्रियातामा संकलित रकम पुर्व मेची देखि पश्चिम माहकालि सम्मका नेपालीहरुले सहयोग गरेका थिए । उनले नेपाली प्रवासी संघ भारतले देशका अन्य जिल्लामा पनि विपद्मा परेका नेपालीहरुको सहयोगमा आफ्नो् संगठन जुट्दै आएको बताए ।

त्यस्तै सो संगठनका केन्द्रिय सदस्य एवं संयुक्त राज्य समितिका सल्लाहकार थानेश्वर भट्ट्राईले आफु ठुलोलुम्पेकवासी रहेको र आफु स्थानियका हिसावले भन्दा पनि जनता प्रति उत्तरदायी नेकपाको प्रवासी संगठनको हैसियतले विपदमा परेका नेपालीहरुको उद्दारमा जुटेको बताएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रय सांस्कृतिक विभागका संयोजक तथा ठुलोलुम्पेकका वासीन्दा रुद्र राकसकोटी , सोही स्थानमा घर भई मुम्वईमा कार्यरत सो संगठन राज्य समिति सदस्य भीम बराल र नवि मुम्वई नगर कमिटी सह सचिव घनश्याम सिंजाली लगायतले सहयोग संकलनमा अगुवाई गरेको सो संगठनले जनाएको छ ।

आयोजक संस्थाले सहयोगदाता सवैलाई धन्यवाद दिदै आगमी दिनमा पनि हातेमालो गरेर नेपालीहरुको उद्दार र समृद्ध मुलुकक बनाउने अभियानमा जुट्न अपिल गरेको छ । ठुलोलुम्पेका बढि पीडितको सहयोग रकम त्यस वडाका वडाध्यक्ष रुकबहादुर राना र यता वडा नम्वर ४ का वडाध्यक्ष दानबहादुर रानालाई हस्तान्तरण गरिएको थियो । ठुलोलुम्पेकका वडा सदस्य अर्जुन त्रामुका अनुसार शिविरमा रहेका बाढि पीडितहरुका लागि प्रयाप्त खाद्यन्न र जिन्सी सहयोग जुट्दै आएको छ ।

उक्त संगठन र सहयोगदातालाई वडाध्यक्षद्धयले धन्यवाद दिएका थिए । सत्यवती गाउँपालिका प्रमुख तथा सत्यवती विपद ब्यवस्थापन समितिका संयोजक पारिश्वर ढकालका अनुसार हाल सम्म बाढि पीडितको उद्दारका लागि करिव २ करोड नगद खातामा संकलन भई सकेको छ ।

त्यति नै मुल्य बराबरको जिन्सी भित्रिए पनि रकम संग जोडिएको छैन । घरवास विहिनहरुका लागि एकिकृत वस्ती विकासका लागि पहल भई रहेको छ । उनका वडा नम्वर ४ मा ६ घरविस्थापित उच्च जोखिमा भिरकुना एक दर्जन । अनुसार बाढि पहिरोमा परि वडा नम्वर ४ , लिम्घा भिरकुनाका ८ जना दलित समुदायका मानिसहरुले ज्यान गुमाएका थिए ।

उता वडा नम्वर ३ ठुलोलुम्पेकका दलित समुदायका आमा छोरा सहित पाँच जनाले ज्यान गुमाएका थिए । वडा नम्वर ३ का वडाध्यक्ष रुकबहादुर रानाका अनुसार ठुलोलुम्पकमा १ सय १६ घरधुरी विस्थापित र १ सय ८४ घरधुरी उच्च जोखिममा सहित ३ सय घरधुरी बाढि पहिरो पीडित रहेका छन ।

जस मध्ये माथील्लो भागका पहिरो पीडितहरु मध्ये ११ घरधुरी कोट मन्दिरको शिविरमा रहेको त्रिपालमा बसी रहेका छन भने तल्लो भेगका पीडितहरु मध्ये देवडाँडामा ६२ घरधुरीका सयौं मानिसहरु शिविरमा बसेका छन । अन्य केहि घरधुरीहरु आफन्तका खाली घरहरुमा बसेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !