Sorry, that menu does not exist.
 

शैक्षिक उन्नयनका लागि बिद्यालयव्दारा देउसी भैलो संचालन पहिलो दिन रु २ लाख ५० हजार संकलन !

लक्ष्मण बिसि, फलेवास २०७६ कात्तिक ७ । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत बिद्यालयले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम संचालन गरेको छ ।

बिधालयको शैक्षिक उन्नयनको लागि बिद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा देउसी भैलो सुरु गरिएको बिधालयका शिक्षक मोति प्रसाद चुवाईले जानकारी दिए ।

बिद्यालय वरिपरिको गाउँमा खेलिएको देउसी भैलोमा पहिलो दिन नै २ लाख ५० हजार भन्दा बढी रकम संकलन भएको उनले बताए ।
बिद्यालयका संस्थापक तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवरले ५० हजार १ सय ८ र उनका भाइ शिक्षाप्रेमी तथा बिद्यालयका पुर्व शिक्षक डिल्लीराम कुवरले ५० हजार १ सय ८ दान प्रदान गरेर पहिलो दिनको उत्कृष्ट दानवीर बनेका छन् ।

देउसी भैलो उद्घाटन कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता तथा वार्ड नं. ४ मुडिकुवाका वार्ड अध्यक्ष टिकाराम गौडेल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवर, प्रअ ओमकार पौडेल लगाएतको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष टिकाराम गौडेलले बिद्यालयले संचालन गरेको देउसी भैलो कार्यक्रम उल्लेखनीय भएको बताउदै यस्ता कार्यक्रमहरुले बिद्यालयको उन्नति प्रगतिमा थप मद्दत र्पुयाउने बताए । शैक्षिक उन्नयनका लागि बिद्यालयले संचालन गरेको अभियानलाई सफल बनाउन सबैले सक्दो सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै आफ्नो तर्फबाट पनि बिशेष सहयोग गर्ने गौडेलले प्रतिबद्धता व्यक्त गरे ।

बिद्यालयको गुणस्तरीय शिक्षाको लागि शैक्षिक सामग्री व्यवस्थापन गर्न र बिद्यालयको चौतर्फी विकासकोे लागि देउसी भैलोमा चन्दा प्रदान गर्नुहुने सम्पुर्ण चन्दादाताहरुलाई प्रअ ओमकार पौडेलले धन्यवाद व्यक्त गरे । बिद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन भएको र पछिल्लो समय बिद्यार्थी सङ्ख्यामा पनि वृद्धि भएको बताउदै गुणस्तरीय शिक्षामा जोड दिएको उनले बताए ।

बुधबारबाट सुरु भएको कार्यक्रम कार्तिक ११ गतेसम्म नगरको विभिन्न वार्डहरुमा संचालन गरिने बिद्यालयले जनाएको छ ।उक्त देउसी भैलो कार्यक्रमको सहजीकरण शिक्षक मोति चुवाईले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !