बसन्त घर्ती, तमानखोला २०७६ कात्तिक ७ । धेरैवर्ष अघिदेखी तमानमा एउटा प्रचलन रहिआएको छ । झट्ट हेर्दा स्थानीय तहको समानान्तर जस्तो देखिने थिती समितिले बेला बेलामा आवश्यकता अनुसार गाउँको थिति सम्वन्धमा निर्णय गर्ने गर्दछ । जुन निर्णयलाई गाउपालिकालेपनि कार्यान्वयन गर्न सहयोग गर्दछ ।
हिँजो कात्तिक ६ गते बुधवार तमानखोला ३ (साविक तमान गाविस)मा थिती समितिको बैठक बसेर विभिन्न निर्णय गरेको छ । बैठक थिती समितिका अध्यक्ष ललितबहादुर घर्तीमगरको अध्यक्षतामा बसेको थियो भने बैठकमा थिती समितिका पदाधिकारी, जनप्रतिनिधी, बुद्धिजीवी, भद्रभलाद्मी, समाजसेवी एवं स्थानीय बासिन्दाहरुको उपस्थितिमा भएको कात्तिके चानको गाउँ भेलाले विविध विषयहरुमा छलफलगरी सर्वसम्मतिबाट निर्णय पारित गरेको छ ।
बैठकले गोरु चरण र रुख कटान, डालेघाँस, गौँथली भीरको गाजो फुकुवा र टिकट र अन्य विषयहरुमा छलफल गरी निर्णय गरेको छ ।
निर्णय यसस यसप्रकार छ,
One Comment