गल्कोट २०७६ कात्तिक ७ । गल्कोट नगरपालिकाको नेतृत्व जिल्ला प्रशासन कार्यालयको समन्वय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, उपभोक्ता हित संरक्षण समिति, गल्कोट उद्योग वाणिज्यस संघ ईकाई, प्रहरी स्थानीय जनप्रतिनिधी समेतको टोलीले आज हटिया बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पसलहरुमा भेटिएका म्याद गुज्रिएका , मुल्य सूची अंकित नगरिएका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।
अनुगमनका क्रममा बजार अनुगमन निर्देशिका २०७४ अनुसार व्यवसायका दर्ता नवीकरण आपुर्ति मूल्य नापतौल लगायतका सम्वन्धमा निर्देशन दिईएको पनि उनले बताए । सूचना अधिकारी पन्तले बिदाको दिनमापनि अनुगमनलाई निरन्तरता दिईने पनि जानकारी दिए ।
अनुगमनकै क्रममा धारा तेलका दुईपोका खरीद गरी त्यस्को हालको अवस्थाबारे परीक्षण गर्न खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवामा शिलवन्दी गरी पठाईने खाद्यप्रविधी तथा गुणनियन्त्रण कार्यालय बागलुङमा निमित्त प्रमुख केदार पौडेलले बताए ।
आज गरिएको अनुगमन टोलीमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बागलुङका नि प्रमुख पौडेल, जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्र पन्त, गल्कोट नपा ३ का अध्यक्ष वीरजंग भण्डारी, गल्कोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव सिँह थापा,गल्कोट उबासंघ ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, हटिया प्रहरी चौकीका प्रमुख प्रनानि अनुप खत्री, गनपाका नासु बाबुराम शर्मा, जिल्ला प्रशासन कार्यालय बागलुङ नासु तेजराज गौतम, पत्रकार शर्मिला रोका सहितको सहभागिता रहेको थियो ।
यसैवीच गल्कोट नगरपालिका उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक रेणुका काउचा मगरको अध्यक्षता एवं नगरप्रमुद भरत शर्मा गैरेको विशेष उपस्थितिमा बसेको बैठकले गल्कोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ को दफा ८ अनुसार बस्तु वा सेवाप्रदायक व्यवसायको दर्ता नवीकरण आपुर्ती मुल्य नापतौल विज्ञापन लगायत व्यापारिक कृयाकलापको नियमित एवं आकष्मिक अनुगमनका लागी अनुगमन टोली गठन गरेको छ ।
सो टोलीको संयोजकमा गल्कोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बिक, सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, ईलाका प्रहरी कार्यालय गल्कोटका प्रहरी निरीक्षक केशव सिँह थापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका नि प्रमुख केदार पौडेल, गल्कोट उबासं ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, गनपाका नासु बाबुराम शर्मा र पत्रकार घनश्याम गौतम रहेका छन् ।
अनुगमन टोलीव्दारा हटिया बजार अनुगमन : बिदाको दिनमा पनि अनुगमनलाई निरन्तरता दिईने !
२०७६ कार्तिक ७, बिहीबार १९:२१
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४