कमल पौडेल, बडिगाड २०७६ कात्तिक ८ । दीपज्योति युवा परिवारको आयोजनामा बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौरमा भएको खुल्ला भलिवल प्रतियोगितामा आयोजक टिम विजेता बनेको छ भने जनसेवा युवा क्लव बडिगाड गाउँपालिका वडा नं. २, तुन्डाडा उपविजेता भएकोे छ ।
४ दिन सम्म चलेको खेलमा १९ टिमलाई पछि पार्दै दीपज्योति र जनसेवा फाइनलमा पुगेका थिए । प्रतियोगितामा विजेताले २० हजार, कप मेडल र प्रमाणपत्र तथा उपविजेताले १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला वक्तृत्वकला प्रतियोगीता तर्फ मनोज गैरे प्रथम, सुषमा पौडेल व्दितिय र रवि सापकोटा तृतिय भएका छन्। त्यस्तै खुल्ला रेकर्ड नृत्य प्रतियोगितामा नमुना आमा समुह मुसिकोट नगरपालिका ७, वामीटक्सार प्रथम, बसन्त युवा परिवार गल्कोट नगरपालिका ११, मनेवा व्दितिय तथा रेस्क्यू युवा क्लव मुसिकोट नगरपालिका २, पास्ती तृतिय भएका छन्।
कार्यक्रममा बडिगाड गाउँपालिकाका कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले खेल, कला तथा संस्कृतिले पहिचान झल्काउने भन्दै युवाहरु संरक्षणमा लागेको भन्दै प्रशंसा गरिन ।
कार्यक्रममा वडा सदस्य सुर्य वहादुर अधिकारी, पिप्ले बसाह सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चुमाकान्त पोखरेल, महिला जागरण इकाइ समिति का अध्यक्ष इन्द्रकला पाण्डे, पूर्व अध्यक्षहरु कमल पौडेल, गणेशमान चालिसे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जग्गादाता, सहयोगदाता, प्रायोजक लगाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम अध्यक्ष होमनाथ खरालको अध्यक्षता, उपाध्यक्ष गोमा सापकोटाको स्वागत मन्तव्य तथा सचिव वुद्ध पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । २०५९ सालमा स्थापना भएको सो दीपज्योति युवा परिवारले सामाजिक जागरणको लागि विविध कार्यक्रम गर्दै आएको छ।