प्रेम सुनार, गुल्मी २०७६ कात्तिक ९ । राष्ट्र र समाजमा उल्लेखनिय योगदान पुराएका तर ईतिहास नकोरिएकाहरुको ईतिहास कोर्नेखोतल्ने क्रममा गुल्मीको हर्राचौरका धर्मबहादुर थापा गुल्मी जिल्लाको पहिलो स्थानिय विकास अधिकारी रहेको पुराना समाज सेवीहरुले बताएका छन ।
ईतिहासमा दखल राख्ने गुल्मी बडागाउँ मैदानका पुर्व उपप्रधानपञ्च तथा अवकाश प्राप्त शिक्षक पृथ्वीबहादुर थापाका अनुसार गुल्मीमा २०१८ सालमा पहिलो स्थानिय विकास अधिकारीका रुपमा गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ हर्राचौरका धर्मबहादुर थापा आएका थिए ।
जुन राजा ज्ञानेन्द्रले सत्ता चलाएको बेला गृहमन्त्री र न्याय तथा कानुन मन्त्री समेत भएका थिए । उति बेला जिल्लालाई एउटा ब्लकका रुपमा विभाजित गरिएको थियो । यसर्थ उति बेलाका स्थानिय विकास अधिकारीलाई ब्लक डेभलभमेण्ट अफिसर भनिन्थ्यो भने छोटकारीमा बिडियो भनिन्थ्यो– पृथ्वीबहादुर थापाले भने ।
थापाले गुल्मीको पहिलो बिडियो धर्मबहादुर २०२४ साल सम्म रहेको बताए । त्यस पछि जिल्ला पञ्चायत बनेको र त्यस ताका स्थनिय विकास अधिकारीलाई पञ्चायत डिस्ट्रीक अफिसर र छोटकरीमा पिडियो भन्न थालिएको पछि जिल्ला बिकास समिति बने पछि मात्र डिस्ट्रीक लोकल लेवल अफिसर अर्थात एलडियो भन्न थालिएको बताए ।
धर्मबहादुर थापाका छिमेकी कृष्ण बस्नेतले पठाएको विवरण अनुसार धर्मबहादुर थापा विक्रम सम्वत १९९४ साल माघ २३ गते शनिवार तदानुरुप सन १९३८ साल फब्रुरी ५ तारिखका दिन पिता सुवेदार मेजर लालबहादुर थापा र माता चन्द्रकला थापाको कोखबाट जन्मिएका थिए ।
बाबु भारतीय सेनामा भएका कारण उनले प्रारिम्भक शिक्षा भारतको देहरादुनबाट लिएका थिए भने सन १९६० साल अर्थात विक्रम सम्वत २०१७ सालमा उनेले भारतको एग्रा युनिभर्सिटीबाट मास्टर अफ आर्टसमा डिग्री पास गरेका थिए ।
त्यस्तै उनले विभिन्न बिषयमा देश बिदेशबाट उच्च स्तरका तालिमहरु समेत लिएका थिए । उनले सन १९६७ सालमा अमेरिकाको शैक्षिक भ्रमण गरेका थिए । सन १९७८ सालमा स्थानिय विकास मन्त्रालयको संयुक्त सचिव एव प्रशिक्षण विभाग प्रमुख रहेका थिए ।
थापा सन १९७६ देखि १९७८ साल सम्म गृहमन्त्रालयको सचिव रहेका थिए । सन १९७३ साल देखि १९७६ साल सम्म जनकपुरको प्रशिक्षण विभागको प्रमुख प्रशिक्षक रहेका थिए । त्यस पछि सन १९६९ साल देखि १९७० सम्म नेपालगञ्ज स्थित स्थानिय नियुक्ति मन्त्रालय, पुर्व तैनाती प्रशिक्षण सस्थामा प्रशिक्षक रहेका थिए ।
सन १९७० साल देखि एक बर्ष सम्म पोखरामा रहेको टे«निङ्घ ईन्स्टिच्युट, संस्थामा ग्रामिण विकास प्रोजेक्ट अफिसर रहेका थिए । सन १९९६ साल देखि १९८७ साल सम्म उनी राष्ट्रिय जनसंख्या आयोगको सचिव रहेका थिए । त्यस्तै सन १९८० देखि १९८६ सम्म स्थानिय विकास मन्त्रालयको अतिरिक्त सचिव रहेका थिए ।
सन १९९७ सालमा तत्कालीन आवास तथा भौतिक विकास मन्त्रालयको कोर्डिनेटर रहेको विवरणमा उल्लेख छ । त्यस यता जनकपुरको अञ्चालाधीश , भएका थिए । त्यस पछि सगरमाथा , कोशी र बागमतिको अञ्चालाधीश रहेका थिए ।
त्यस पछि अवकास र आरामको जीवन बिताउँदै गरेका उनलाई तत्कालीन राजा वीरेन्द्रको वंशनास पछि ज्ञानेन्द्रले सत्ता चलाउँदा थापालाई गृहमन्त्री , न्याय तथा कानुन मन्त्री बनाईएको थियो । त्यहाँ सम्म पुगेका गुल्मीका एक ब्यक्ति जिल्लावासीबाट हाल सम्म ओझेलमा परेका छन । पुराना पिढी बाहेक थापालाई नयाँ पिढीले जिल्लावासी होलान भनेर चिनेका छैनन ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ हर्राचौरका पुराना समाज सेवी रणबहादुर बस्नेतले धर्मबहादुर थापा स्वच्छ छवि भएका र गुल्मीको पहिलो स्थानिय विकास अधिकारी देखि गृहमन्त्री सम्म हुँदा पनि पुरानो पिढीले सम्मान गर्न नसकेकोमा पछुतो लागेका ेधारणा राखे ।
उनले भने उहाँ प्रशासनिक र विकासको क्षेत्रमा विज्ञ ब्यक्ति हो , उहाँलाई न पुरानो पिढीले सम्मान गर्न सक्यो न नयाँ पिढीले जिल्लावासी हुन भनेर चिन्न नै सक्यो , ढिलै भए पनि सञ्चार माध्यमले चिनाउन खोजेकोमा धन्यवाद दिन चाहन्छौं ।
चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार तत्कालीन चन्द्रकोट राज्य र हालको चन्द्रकोट गाउँपालिकाबाट जिल्ला बिकास समितिको पहिलो जिल्ला सभापति र मन्त्री सम्म हुने ब्यक्ति चन्द्रकोट कै दायानिधी शर्मा थिए । उनी जिल्ला कै पुराना समाज सेवी हुन । हर्राचौरका रणबहादुर बस्नेतका अनुसार अहिले ८३ बर्ष उमेर पुगेका थापा ललितपुरको चाकुपाटमा बसोबास गर्छन । उनका जेठा छोरा डाक्टर शैलेन्द्र थापा दम्पत्ती लण्डनमा रहेका छन । माईला छोराको् निधन भएको छ भने कान्छा छोरा बाबु संगै बस्छन ।