Sorry, that menu does not exist.
 

हिन्दु धर्म, संस्कृति र सभ्यताप्रति चौतर्फि आक्रमण हुन लागेकोले हिन्दु धर्मप्रेमी सचेत रहन आग्रह !

भरत प्रसाद सापकोटा, बिहुँ २०७६ कात्तिक ९ । काँठेखोला गाउँपालिका बिहुँकोटमा स्थापित समाजिक संस्था जापान समाज बिहुँकोटको दोस्रो अधिबेशन चौथो बार्षिक साधारण सभा एवं बिहुँकोट स्मारिका प्रकाशन कार्यक्रममा आतिथ्यता ग्रहण गर्न बिहुँकोट आएका हरिहर सन्यास आश्रम देवघाट तनहुँका पीठाधिश्वर एवं सन्त समाजका केन्द्रिय अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वती महराजले बैद्धिक सनातान धर्न प्रति चौतर्फि आक्रमण हुदा संस्कृत संस्कार र सभ्यता अस्ताउन लागेकाले हिन्दु धर्म प्रेमीहरु सचेत रहने बेला आएको बताएका छन्।

हिन्दु धर्म र साधुं सन्त योगीहरु प्रति आक्रमण को प्रयास भईरहेकाले राज्य किन मौन बसिरहेको हो ? भनेर प्रश्न गर्दै उनले भने साधुसन्तहरुले कुनैपनि बिकाश विरोधी काम नगरेको तर देशका कुना कन्दरामा बेद र रामयणका पवित्र बचनका माध्यमबाट विद्यालय पाटी पौवा पुलपुलेसा दुखीपीडितहरुलाई सहयोग समेत गरेका सन्त योगीहरुको योगदान कसैले नबुझेको बताए।

जापान समाज बिहुँकोटको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई संम्बोधन गर्दै यस संस्थाले गरेको परोपकारी कामले समाजका दुखी पीडितहरुको घाउमा मलहम समेत लगाएकोले सह्रानीय योग्य रहेको बताए।

सो कार्यक्रममा जापान समाज बिहुंकोट सचिब भिष्म कडेंलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण प्रसाद कडेंल राजुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

गण्डकी प्रदेशका सासंद मणिभद्र शर्मा पुर्व सासंद व्दय गोबिन्द कडेंल टंक कडेंल वडा ६का वडा अध्यक्ष युक्त प्रसाद कडेंल वडा नं ५ वडा अध्यक्ष शिव प्रसाद कडेंल बिहुँकोट समाज जापानका अध्यक्ष देबिलाल सुवेदी उपाध्यक्ष ईन्द्र लाल सुवेदी सल्लाहाकार महेन्द्र प्रसाद कडेंल क्षत्रिय समिति कांन्साईका प्रमुख कृष्ण सुवेदि९ गंगा ०जापान समाज विहुँकोटका सदस्यहरु लिलाधर कडेंल र महेन्द्र प्रसाद कडेंल लगाएत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

जापान समाज विहुँकोटका सहसचिव सुदर्शन कडेंलले संचालन गरेको कार्यक्रम यसै संस्थाका अध्यक्ष गौरीशंकर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य ज्ञानकुमारी श्रीष शर्माको स्वागत रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment