थम्मन थापा, गल्कोट २०७६ कात्तिक १० । जनहित कला केन्द्र गल्कोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सांसद दिलमाया रोका दीपाले गण्डकी प्रदेश सरकारले समृद्ध गण्डकी बनाउन निती तथा कार्यक्रम अगाडी बढाएको बताएकी छन् । । प्रमुख अतिथी रोकाले गण्डकी प्रदेश सरकार कृषि पर्यटन, पूर्वाधार विकास र सुखी नेपाली समृद्ध नेपाललाई आत्मसात गर्दै अघि बढेको उल्लेख गरिन । उनले त्यसको लागि आम जनतालाई सरकारको अभियानमा हातेमालो गरि सहयोग गर्न अपिल समेत गरिन ।
मेलामा आयोजित साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगमा नगद रु २५ हजार हात पार्दै सनसाईन युथ क्लब हटिया प्रथम र आयोजक द्वितिय स्थान हाँसिल गर्न सफल भएका छन । रस्साकसी प्रतियोगितामा आयोजक टिम ए प्रथम र आयोजक टिम बि द्वितिय भएका छन । त्यस्तै मेलामा खुल्ला एकल नृत्य प्रतियोगिता र तिहारे भाई माला उन्ने प्रतियोगिता पनि सम्पन्न भएको छ । मेलामा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बहुचर्चित लोक तथा दोहोरी गायक वसन्त थापा, निशा श्रीस, कुलबिर थापा, सुरज थापाको सांगितिक प्रस्तुति रहेको थियो ।
मेलाको अवसरमा प्रायोजक, चन्दादाता, सहयोगी, कलाकार, पत्रकार लगायतलाई सम्मान समेत गरिएको थियो । मेला जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जीवी मरासिनीको स्वागत र सचिव कोपिला खडका, सहसचिव राजकुमार दर्जी र खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
ूनेपालीको गर्व उज्यालो पर्व,दरम घुम्टे, सबैको सान खेल कला संस्कृति,हाम्रो स्थानीय पहिचान” भन्ने मुल नारा सहित गत कार्तिक ७ देखि शुरु भएको मेला शनिवार सम्पन्न भएको थियो । २०७० साल देखि निरन्तर रुपमा कला संस्कृति र खेलकुद लगायत सामाजिक रुपमा संस्थाले सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।