गुमानसिँह भण्डारी, गल्कोट २०७६ कात्तिक १० । गकोट नगरपालिका ३ हटिया तल्लो लमईकी मनिषा अधिकारिले शनिबारका दिन परेको जन्मदिनको अवसरमा आफुले अध्ययन सुरू गरेको गाउको जयसन्तोसी मा प्राथमिक विद्यालयका विद्यार्थिलाई रु ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेकी छन ।
साे अवसरमा बाेल्दै छिल्ला दिनमा जन्मदिनको नाम पारेर खानपानमै हजारौ खर्च गर्ने परिपाटी रहेको भन्दै अधिकारीले जस्तै सामाजिक कार्यमा खर्च गर्न विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिल नेपालीले आग्रह गरे ।
अधिकारीले आफुले जस्तै अन्य ब्यक्तिले पनि यस्तै क्षेत्रमा खर्च गर्न सके विद्यार्थीलाई सानो भएपनि सहयोग पुग्ने बताईन । सकरात्मक सन्देश जाओस भन्दै आफुले अक्षर आरम्भ गरेको बिधालय जय सन्तोषि मां प्रा बि मा करिब २० जना विध्यार्थीलाइ कपि कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण सङ्गै गरिब, जेहेन्दार विद्यार्थिका लागि भनेर नगद ५ हजार समेत प्रदान गरेको विद्यालयले जनाएको छ ।