Sorry, that menu does not exist.
 

नवदीप प्रगतिशिल युवा क्लवव्दारा खुला भलिबल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न !

कौरव खत्री, गुल्मी २०७६ कात्तिक १३ । गुल्मीको नवदीप प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका ३ तोलादीद्धारा आयोजित खुल्ला पुरुष भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले कार्यक्रमहरुले हाम्रा गाँउ ठाँउमा गरिने यस्ता कार्यक्रमहरुले कला संस्कृतिको विकास हुने बताए । कार्यक्रमहरुले हाम्रो पछिल्लो पुस्तामा संस्कार संस्कृति हस्तान्तरणमा थप सहयोग पुग्ने बताए । साथै उनले युवाहरुको सक्रियताले कार्यक्रम सफल भएको भन्दै भावी दिनमा क्लवलाई थप व्यवस्थित गरेर आगाडी बढाउन आग्रह गरे ।

सोही अवसरमा विशिष्ट अतिथि नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख झविलाल भण्डारीले खेलकुद र साँस्कृतिक कार्यक्रमले गाँउ ठाँउमा लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन हुने अवसर सिर्जना गरेको भन्दै यस्ता कार्यक्रहरुलाई निरन्तरता दिन स्थानीय सरकारले भावी दिनमा पनि सहयोग गदै जानुपर्ने बताए ।

कार्यक्रममा खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ डाँडाखेत युवा क्लव हटिया बागलुङले नगद रु २१ हजार,टफी मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने सरस्वति युवा क्लव मुसिकोट नगरपालिका ८ मालारानीले नगद रु. ११ हजार,टफी, मेडल र सम्मान पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ । त्यस्तै आयोजक नवदिप प्रगतिशिल युवा क्लवका समूह ए ले नगद रु. ५ हजार,५सय,सम्मान पत्र सहित तृतीय पुरस्कार हात पारेको छ । अवसरमा खुल्ला रेकर्ड डान्स प्रतियोगितामा मुसिकोट नगरपालिका ७ वामीटक्सारका सिमरन बौद्धाचार्य प्रथम भएका छन् ।भने गलकोट नगरपालिका ११ बागलुङको सिंजाली गाइज द्धितीय भएको छ ।त्यस्तै आयोजक नवदिप प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका ३ तोलादी तृतीय भएको छ ।

समापनको अवसरमा मुसिकोट नगरपालिका ३ तोलादीका हुम बहादुर कुमालकी १८ बर्षीय छोरी पुजा कुमालको स्वास्थ्य उपचारको लागि यस क्षेत्रबाट हाल बैदेशिक रोजगारीको शिलशिलामा रिपब्लिक चेक र जापानमा रहेका व्यक्तिहरुले संकलन गरि पठाएको रकम रु. ८९ हजारको नगद चेक विरामी पुजा कुमालका बुवा हुम बहादुर कुमाललाई हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा कार्यक्रमलाई आर्थिक सहयोग गरेका सहयोगहिरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी,पत्रकार, कलाकार,चन्दादाता, युवा, बुद्धिजिवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नवदिप प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका ३ तोलादीका कार्यक्रम संयोजक केशव अधिकारीको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने नवदिप प्रगतिशिल युवा क्लवका सल्लाहकार विष्णुराज भण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !