Sorry, that menu does not exist.
 

चाडबाडमा घर जलेर विपदमा परेका पीडित परिवारलाई नगरप्रमुख नेपालीले गरेको सहयोगको प्रशंसा !

योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७६ कात्तिक १३ । नेपालीहरुको दोश्रो महान चाड तिहारको दिन राति निसीखोला गाउपालिका वडा नम्बर १ देबिस्थानमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चाडको दिन बेलुकी १० बजेको समयमा देविस्थान निवासी हरिलाल कुवँरको घर जलेर नष्ट हुँदा करिब रु १२ लाख क्षती भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।

ईलका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक सूरज खड्काले आलागीबाट घर जलेर नष्ट भएपनि कुनै मानवीय क्षेती नभएको बताए ।

घरका सबै ६ जना परिबार सुति सकेपछी आगलागी भएकोले आगोलागीको कारण अझै खुल्न नआएपनि राति मैनबत्ती (क्यान्डिल) बालेर सुतेको हुनाले सोहीबाट आगो लागेको हुन सक्ने स्थानीयको अनुमान छ ।

राति १० बजे लागेको आगो स्थानीय बासिन्दा, झिवा खोला प्रहरी र ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरीहरुको सक्रियतामा राति १ बजेमात्र आगो नियन्त्रणमा आएको स्थानीय भरत कुँवरले ईबागलुङलाई बताए । आगलागीमा परेर घर पुर्णरुपमा क्षति भएकोे प्रत्यक्षदर्शीले बताएका छन् ।

आज विहान आगलागीको घटना थाहा पाउदा साथ बुर्तिवाङबाट घटनास्थल पुगेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले घटना प्रति दु:ख ब्यक्त गर्दै एक नेपालीलाई परेको दु:खमा सबै नेपालीले साथ दिनु पर्ने बताए ।

नगरप्रमुख नेपालीले आगलागीबाट बेघर बनेका पीडित परिवारलाई आफ्नो तर्फबाट रु १ लाख सहयोग गर्ने घोषणा गर्दै तत्काल रु ५० हजार पीडित परिवारलाई दिए । यतिमात्र नभएर नगरप्रमुख नेपालीले घर निर्माणको लागि ५० बोरा सिमेन्ट, घर छाउन लाग्ने जस्ता पाता र जमिन सम्माउनको लागी डोजरको ब्यबस्था समेत गरिदिने उद्घोष गरेर मानवीयताको ज्वलन्त उदाहरुण प्रस्तुत गरेकोमा चौतर्फी प्रशंसा गरिएको छ ।

अगलागी पीडित परिवार भने अहिले आफन्तको शरणमा बसेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

13 Comments