Sorry, that menu does not exist.
 

बागलुङ पश्चिम खुंखानीमा ४.५ रेक्टर स्केलको भूकम्पको पराकम्पन !

हेम विश्वकर्मा, बुर्तिवाङ २०७६ कात्तिक १५ । तमानखोला गाउँपालिकाको खुङ्खानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गए राती ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भूकम्प पछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।

भूकम्पको पराकम्पन छिमेकी जिल्लाहरुमा समेत महसूस गरिएको छ । क्षतिको बारेमा पुर्ण विवरण आउन भने बाँकी नै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

12 Comments