टिकाराम भट्टराई, बुर्तिवाङ २०७६ कात्तिक १६ । बिश्व आइटिएफ तेक्वान्दो परिषदको आयोजनामा आयोजित बिश्व आइटिएफ तेक्वान्दो प्रतियोगिता-२०१९ मा नेपालको प्रतिनिधित्व गर्दै युकेको स्कटल्याण्ड पुगेकी शर्मिला महतले कास्य पदक जितेकी छन। महत तेक्वान्दो प्रतियोगितामाको महिला बिधामा सिनियर ब्ल्याक बेल्ट तर्फ एकल स्पायरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा गरेकी थिर्इन । एकल स्पायरिङ र एकल प्याट्रनमा नै १/१ कास्य पदक जित्न सफल भएकी हुन। प्रतियोगिता अक्टोबर २९ देखी नोभेम्बर ३ सम्म सन्चालन भएको थियो ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङ बजार निवासी शर्मिला महत सन २०१९ अक्टोबर २९ मा युकेको स्कटल्याण्डमा उक्त प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्दा सांसद देबेन्द्र पौडेल लगायतले महतलाई सफलताको शुभकामना सहित गत १३ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बिदाई गरेका थिए ।
महतले बिगतका वर्षहरूमा पनि एसियन तेक्वान्दो प्रतियोगितामा सहभागीता जनाई कास्य पदक हात पारेकी थिईन । तेक्वान्दो चैथो डान प्राप्त खेलाडी तथा साउथ एसियन रेफ्री समेत रहेकी महत राष्ट्रिय प्रतियोगिताहरूमा समेत सहभागी भई स्वर्ण पदक जितेकी खेलाडी हुन ।
36 Comments