Sorry, that menu does not exist.
 

उपनिर्वाचन : नेकपाले राजमोलाई समर्थन गर्ने, को बन्ला त राजमोबाट उमेदवार ?

बुर्तिवाङ २०७६ कात्तिक १७ । नेकपा बागलुङका नेताहरुले आज बुर्तिबाङमा आयोजना गरेको निर्वाचन केन्द्रित प्रशिक्षणात्मक कार्यकर्ता भेटघाट कार्यक्रममा बागलुङ क्षेत्र नं २ “ख” मा हुने प्रदेश सभाको उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने र विजय हासिल गर्ने दावी गरिरहँदा आजै साँझ काठमाडौमा भएको नेकपाको सचिवालय बैठकले बागलुङमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको समाचार प्रकाशमा आएको छ । नेकपाले राजमोलाई सघाउने भएपछी राजमोबाट को बन्ला त उमेदवार ? भन्ने चियो चर्चा चल्न थालेको छ ।

राष्ट्रिय जनमोर्चाले खिमबिक्रम शाही, धर्मबहादुर कुँवर र स्व. घर्तीकी श्रीमती सुनमयाँ घर्ती तथा नेपाली काँग्रेसले दार्ण कुवार, जीत शेरचन, तुलासिँह घर्ती र टेकराज पौडेल चारजनाको नाम सिफारिस गरिसकेको भएपनि पार्टीले उमेदवारको टुंगो लगाई सकेको छैन । उता नेकपाको प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भै आएका सम्भावित दश जना उमेदवारहरु मध्य चारजना तुलसी अर्याल, मोहनलाल शर्मा, प्रेम घर्ती र सीता कँडेलको नाम उमेदवारमा सिफारिस गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

10 Comments